×

NMB BANK
NIC ASIA

नेप्से २.४९ ले बढ्दा कारोवार डेढ अर्बभन्दा माथि पुग्यो

माघ २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

साताको दोस्रो दिन आज पनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से २.४९ अंकले बढेर एक हजार ३४९.१३ मा पुगेको छ ।

Muktinath Bank

यस्तै सेन्सेटिभ परिसूचक १.१६ अंकले बढेर २८७.९१ मा पुगेर रोकिएको छ । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोवार रकम भने डेढ अर्ब नाघेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्टकका अनुसार कूल १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर रु एक अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ मा खरिद–बिक्री भए । कारोवार भएका १२ मध्ये पाँच उपसमूहको शेयर मात्र बढेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमा उपसमूहको शेयर बढेको छ । निर्जीवन बीमा ५९.२७ अंकले बढ्दा जलविद्युत् ४८.४४, विकास बैंक ३०.५८, अन्य ०.४४ र सामूहिक लगानी कोषको शेयर ०.०६ अंकले बढेको छ ।


Advertisment
Nabil box
Kumari

यसैगरी सबैभन्दा बढी जीवन बीमा उपसमूहको शेयर ४२.८ अंकले ओरालो लागेको छ । होटल १७.०१ अंकले घट्दा लघुवित्त ७.७५, बैंक ३.३६, उत्पादन ३.१३, व्यापार २.३८ र वित्त ०.७९ अंकले घटेको छ ।

Vianet communication
Laxmi Bank

कारोवार रकमका आधारमा नेको इन्सुरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु छ करोड ५६ लाख ६० हजार ४८१ मा खरिद–बिक्री भयो ।

यस्तै ग्लोबल आइएमई बैंकको रु पाँच करोड एक लाख ९१ हजार ८२४, नेपाल इन्सुरेन्स कम्पनीको रु चार करोड ९९ लाख २० हजार ३६६, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको रु चार करोड ८१ लाख ५० हजार ५८३, प्रभु बैंकको रु चार करोड १९ लाख १८ हजार ५७२ र ग्रामीण विकास बैंकको शेयर रु चार करोड आठ लाख तीन हजार ७१५ मा खरिद–बिक्री भयो । 

बढेको बजारमा सबैभन्दा बढी मल्टीप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ५.२२ प्रतिशतले गुमाए । यस्तै युनियन हाइड्रोपावर ३.५०, समृद्धि फाइनान्स कम्पनी २.८८, गुडविल फाइनान्स कम्पनी २.७३, विजय लघुवित्त वित्तीय संस्था २.६०, पोखरा फाइनान्स २.४८ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.४७ प्रतिशतले गुमाए । 

ग्रामीण विकास बैंकका लगानीकर्ताले ९.३६ प्रतिशतले कमाउँदा नेशनल हाइड्रोपावर कम्पनी ९.२६, छ्याङ्दी हाइड्रोपावर ९.०९, रसुवागढी हाइड्रोपावर ८.५४, सानिमा माई हाइड्रोपावर ८.५० र चिलिमे हाइड्रोपावरका शेयरधनीले ७.७८ प्रतिशतले कमाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x