Nic Asia
Sarbottam Cement

सुशासन

हाकिम चढेको गाडीका चालकसंग जवानले दुई हजार घुस लिँदा...


बनेपा, १२ पुस - काभ्रेपलाञ्चोकमा एक प्रहरी जवान निलम्बनमा परेका छन् । केही दिनअघि काममा खटिएका बेला एक प्रहरीले बिपी राजमार्ग हुँदै चल्ने टाटासुमोसँग दुई हजार रुपैयाँ घुस खाएको आरोपमा उनलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । 1000 rupee - nepal

प्रत्यक्षदर्शीका अनुसार घुस नदिएका कारण ती प्रहरी जवानले सुमोलाई अघि बढ्न नदिएपछि रु दुई हजार घुस दिएका थिए । तर पुनः फर्केर सुमोका चालकले आफूले दिएको दुई हजार रुपैयाँ फिर्ता मागेपछि किन दिने ? भनेर जवाफ फर्काएपछि प्रहरी उपरीक्षक सहकुल थापाले उनलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

सो घटनामा काभ्रेभञ्ज्याङ प्रहरी चौकीमा कार्यरत ऋषिदेव कुशहवालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । रामेछापको मन्थली जान हिँडेको सो सुमोमा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुल थापा अनुगमनका लागि सवार थिए । प्रहरी उपरीक्षक थापाले सो घटना भएको स्वीकार गर्दैै विभागीय कारबाही हुने बताए । बुधवार, पौष १३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell