सुशासन

यी शुभ मुहूर्तमा काम गर्दा अवश्यै सफल भइन्छ


ज्योतिष शास्त्रमा कुनै पनि काम शुरु गर्दा शुभ र अशुभ तिथि हेर्नु आवश्यक हुन्छ । सही मुहूर्तमा काम शुरु गर्दा अवश्य सफलता पाइन्छ । जानौं शुभ र अशुभ तिथिहरूका बारेमा ।

तिथिहरूको गणना शुक्लपक्षको प्रतिपदाबाट गर्नुपर्छ ।

प्रतिपदाको स्वामी अग्नि, द्वितीयाको ब्रह्मा, तृतीयाको गौरी, चतुर्थीको गणेश, पञ्चमीको शेषनाग, षष्ठीको कार्तिकेय, सप्तमीको सूर्य, अष्टमीको शिव, नवमीको देवी, दशमीको यमराज, एकादशीको , द्वादशीको विष्णु, त्रयोदशीको कामदेव, चतुर्दशीको शिव, पूर्णिमाको चन्द्रमा र औंसीको पितृ स्वामी हुन् ।

यी स्वामीहरूमाथि विचार गरेर मात्र शुभ अशुभ कार्य गर्नुपर्छ ।

नवमी तिथिमा दुर्गादेवीको आराधना गर्दा तन्त्रविद्यामा सफलता पाइन्छ । एकादशीमा दान पुण्य व्रतको महत्त्व छ ।

द्वादशीमा विष्णु भगवानको पूजा गर्नुपर्छ । त्रयोदशीमा विवाह गर्नु हुँदैन । त्रयोदशीमा वशीकरण मन्त्र साँध्न सकिन्छ

। औंसीअघिको चतुर्दशीमा पितृहरूको पूजाको विशेष महत्त्व छ । पूर्णिमामा साधना गर्दा सबै काममा सफलता पाइन्छ ।





असार ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस