Ruslan
Tata /sipradi
Nic Asia

सुशासन

एयरपोर्ट भन्सारबाट उम्किएको १४ करोड बराबरको ३३ किलो सुन प्रहरीद्वारा बरामद

विशाल भट्टराई

gold_suit_cace_1काठमाडौं २१, पुस — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले दुबईबाट गैर कानूनी ढंगले आएको ३३ किलो सुन काठमाडौंको पिंगलास्थानबाट बरामद गरेको छ । एयर अरेबियाको जहाज हुँदै बिहिवार दुबइबाट आएको सो सुन प्रहरीले पक्राउ गरेको हो ।

एयरपोर्टमा रहेको भन्सार विभागले तस्करीको सुनलाई उन्मुक्ति दिएको भएपनि बाहिर निस्कने वित्तिकै प्रहरीले पक्राउ गर्न सफल भएको छ । सिआइबीकी एसपी मिरा चौधरीले झण्डै ३३ किलो सुन र संलग्न तीन जना पक्राउ परेको लोकान्तरलाई बताइन् । उनका अनुसार एयरपोर्टबाट बाहिर निस्कने वित्तिकै सिआइबीले सुन बरामद गरेको हो ।

सुनसँगै चौधरीले बाँकेका ४३ वर्षीय गोपालबहादुर शाही, मोरङका ३२ वर्षीय दिनबन्धु थापा र धनुषाका ३२ वर्षीय सन्तोष काफ्ले पक्राउ परेको बताइन् । शाही हिँजो दुबइबाट आएका थिए । साथी सहित सुन लिन गएका शाही र उनका साथीहरु पक्राउ परेका हुन् ।

प्रहरीले सुन र पक्राउ परेका तीनलाई गौशाला प्रहरी बृत्तमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले पहिले शाहीलाई मात्रै पक्राउ गरेको थियो । केरकारको क्रममा थप दुई जना पनि संलग्न रहेको शंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

सुटकेसमा बलियोसँग प्याक गरेर सुन ल्याएइएको प्रहरीले फेला परेको थियो । अत्यन्तै बाक्लो प्याकिङको कारणले खोल्न समेत अप्ठ्यारो परेको प्रहरीले जनाएको छ ।

चौधरीले सुटकेशमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको जानकारी दिइन् । ‘शुरुमा १५ किलो आकलन गरिएकोमा अहिले लगभग ३३ किलो सुन बरामद भएको छ,’ उनले भनिन, ‘अत्यन्तै बाक्लो तरिकाले प्याकिङ भएकोले निकाल्न कठिन भयो ।’  बरामद सुनमा विस्कुट आकारको २ सय ८२ पिस सुन रहेको छ । त्यस्तै १९ औंठी र १८ सिक्रि पनि रहेका छन् ।

एयरपोर्ट बाहिर आउनुपूर्व विदेशबाट आएको लगेजलाई एयरपोर्टको भन्सारले चेकजाँच गर्छ । आफ्नो नाकै मुनिबाट भन्सारका कर्मचारीले तस्करीको सुन उम्काएपछि प्रहरीले उनीहरूकै सुन तस्करीमा संलग्नता रहेको हुन सक्ने आशंका गरेको छ ।

एयरपोर्ट भन्सारका कर्मचारीहरूसँगको मिलेमतो बिना ठूलो परिमाणको सुन एयरपोर्टबाट बाहिर आउन सक्दैन । भन्सारले एयरपोर्टमा एक्सरे मार्फत लगेज जाँच गर्छ । विमानस्थलको सुरक्षा हेर्ने प्रहरीका एक उच्च अधिकारीले वदेशबाट आएको यात्रुसँग सुन फेला परेको बारे थाहा नभएको प्रतिक्रिया दिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले चाही यो बिषय आफूहरुको जिम्मेवारी भन्दा बाहिरको बिषय भएको बताए । ‘हाम्रो चासो विमान सुरक्षिता उडाउ र अवतरणमा हो, अरु सबै काम भन्सार र सुरक्षाले गर्छ ।’

एक किलोमा ८० तोला सुन रहेको हुन्छ । प्रहरीले २ हजार ६ सय ४० तोला सुन पक्राउ गरेको हो । सो सुनको बजार मुल्य झण्डै १४ करोड रहेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार छलेर यति ठूलो परिमाणमा सुन पक्राउ परेको यो पहिलो घटना हो । बिहिवार, पौष २१, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell