Nic Asia
cocacola

सुशासन

शीतल निवासमा प्रचण्ड–देउवा र ओलीबीच चर्काचर्की

काठमाडौं, २१ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा भएको प्रमुख ५ दलको बैठकमा सत्तारुढ दल र विपक्षी दलका प्रमुखहरुबीच चर्काचर्की भएको छ ।

स्रोतको अनुसार विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संशोधन प्रस्ताव संसदमा टेबुल नै गर्न नसक्ने बताएपछि चर्काचर्की भएको हो । oli prachanda and deuba
बैठक सुरु हुनासाथ राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुबीच विवाद भइरहँदा २०७४ माघ भित्र हुनु पर्ने स्थानीय चुनाव समेत ओझेलमा पर्ने देखिएको भन्दै गम्भीर बन्न दलहरुको ध्यानाकर्षण गराएकी थिइन् ।

सो पछि प्रधानमन्त्र िपुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको फैसलापछि संशोधनमा कुनै बाधा नरहेको भन्दै अब २४ गतेको संसद बैठकबाट प्रस्ताव टेबुल हुने जानकारी गराएका थिए ।

लगत्तै ओलीले सीमांकनको सवालमा सर्वोच्चले गरेको फैसला नै संशोधन अनुचित हो भन्ने सन्देश भएको भन्दै संशोधन टेबलु हुन नसक्ने र अब सरकार ब्याक हुनुपर्ने धारणा राखेका थिए ।

सो पछि कांग्रेस सभापति शेरबहादुर देउवा ओलीको भनाईमा आपत्ति जनाउँदै संशोधन कहाँ रोक्नु भनेको छ ? भन्दै कड्किएको एक बैठकमा सहभागि एक नेताले लोकान्तरलाई बताए ।

उनका अनुसार सत्तारुढ दल संशोधनन टेबुल गरिछाड्ने र एमाले हुन नदिने भन्दै बादविवादमा उत्रिएका थिए ।
यसरी प्रचण्ड– देउवा र ओलीबीच विवाद हुँदै जाँदा राष्ट्रपतिले विवादमा अल्झिँदा संविधान कार्यान्वयनमा बाधा पर्ने भन्दै गम्भीर बन्न पुनः आग्रह गरेकी थिइन् ।

सो बैठकमा सहभागि राप्रपा र मधेसी दलका तर्फबाट फोरम लोकतात्रिकले पनि आफ्नो धारणा राखे । राप्रपाले संशोधनमा समावेश गरिएको नागरिकता र सीमांकनको सवाल आपत्ति जनक रहेको बताएको थियो भने फोरमले मधेसीको माग सम्बोधन हुने गरी संशोधन प्रस्ताव परिमाजन हुनुपर्ने धारणा राखेको थियो ।

दलहरुबीच विवाद बढ्दै जाँदा राजनीत अन्योल बनिरहेकोबेला सहमतिको लागि दवाव दिन राष्ट्रपतिले ५ दलको बैठक बोलाएको भएपनि बैठक चर्काचर्कीमै सीमित बन्न पुग्यो ।

सरकारले मंसिर १४ गते संसदमा संशोधन प्रस्ताव गर्दा गरेपछि सत्तारुढ दल र विपक्षीबीच सम्बन्ध चिसिएको छ । बिहिवार, पौष २१, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti