shivam
Nerolac and Nepal life

सुशासन

राजपा चुनावमा जान सकारात्मक, संशोधन विधेयक तत्काल अघि बढाइने


काठमाडौं २७ साउन– सत्तारुढ दल र मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा)बीच संविधान संशोधन प्रक्रिया तत्काल अगाडि बढाउने सहमति भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा शुक्रवार बालुवाटारमा बसेको सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र तथा राजपाबीच भएको छलफलमा संविधान संशोधन विधेयक अगाडी बढाउने सहमति भएको हो ।

राजपा अध्यक्ष मण्डलका नेता सरतसिंह भण्डारीले संशोधन विधेयक यथासक्य अगाडि बढाउने सहमति भएको जानकारी दिए । ‘संशोधन विधेयक अगाडि बढाउने र पारित गराउनको लागि पहल गर्ने सहमति भएको छ’ नेता भण्डारीले भने ।



तराईका जिल्लामा स्थानीय तहको संख्या बढाउन सर्वोच्च अदालतले बाटो खोलिदिएपछि राजपा चुनावमा सहभागि हुन सकारात्मक बनेको हो । संशोधन विधेयकलाई प्रक्रियामा लैजाने र राजपा चुनावमा सहभागि हुनेवारे सकारात्मक छलफल भएको कांग्रेस स्रोतले बतायो ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण अगावै संविधान संशोधन विधेयक प्रक्रियामा लैजाने दलहरुबीच सहमति भएको नेताहरुले बताएका छन् । बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर लगायतका नेताहरु सहभागि थिए ।

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि राजपाका नेताहरुलाई भेटेर चुनावमा सहभागी हुन सुझाव दिएकी थिइन् । शुक्रवार, श्रावण २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota