shivam
Nerolac and Nepal life

सुशासन

६१ दिनपछि हिरासतमुक्त भए चूडामणि शर्मा

काठमाडौं २७ साउन - आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा ६१ दिनपछि हिरासत मुक्त भएका छन् ।


सर्वोच्च अदालतको पूर्ण इजालसले शुक्रवार साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएपछि शर्मा थुनामुक्त भएका हुन् ।

कर फस्र्योट आयोग मार्फत अर्बौ रुपैयाँ छूट दिएर राज्यकोषको दुरुपयोग गरेको आरोपमा शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २९ गते कार्यकक्षबाटै नियन्त्रणमा लिएको थियो ।

यसअघि नै सर्वोच्चले अख्तियारको हिसारतमा रहेका शर्मालाई प्रहरी हिरासतमा पठाएको थियो ।
३ अर्ब बिगो सहित अख्तियारले शर्मा विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । यसअघि सर्वोच्चले विशेषमा दायर मुद्दा यथास्थितीमा राख्न अन्तरकालिन आदेश जारी गरेको थियो । शुक्रवार, श्रावण २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota