ntc

सुशासन

संशोधनबारेको फैसलापछि फेरि बोल्यो सर्वोच्च अदालत



काठमाडौँ, २२ पुस - सर्वोच्च अदालतले न्यायपालिकाको मर्ममाथि प्रहार हुने र यसप्रति सर्वसाधारणमा भ्रम सिर्जना हुने खालका समाचार /प्रकाशन प्रसारण भइरहेकोप्रति आपत्ति प्रकट गरेको छ । supreme-court
अदालतका सहप्रवक्ता विश्वराज पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा असत्य एमव् भ्रामक समाचार सम्प्रेषणबाट न्यायपालिकामा आँच आउने देखिएको हुँदा तथ्यप्रति सचेत रहन र यथार्थ एवम् वास्तविकता विपरीत समाचार सम्प्रेषण नगर्न आग्रह गरिएको छ ।
त्यस्तै समाचारमा उल्लेख भएअनुसार प्रधानन्यायाधीशबाट प्रधानमन्त्रीलाई संविधान संशोधनको विषयमा कुनै प्रकारको राय–सल्लाह दिने काम नभएको एवम् रायसल्लाह दिने काम पनि नगरिएको विज्ञप्तिमा उल्लेख छ ।
केही दिन अघिमात्रै सर्वोच्चले संशोधन प्रस्ताव अघि बढाउन अन्तरिम आदेश दिन नपर्ने फैसला गरेको थियो । शुक्रवार, पौष २२, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam