Nic Asia
Sarbottam Cement

सुशासन

चीनले दियो डोनाल्ड ट्रम्पलाई धम्की

काठमाडौं, २५ पुस–चीनले अमेरिकाले एक चीन नीति त्यागे त्यसको बदला लिने चेतावनी दिएको छ । ताइवानका राष्ट्रपति अमेरिका जाने र ह्युसटनमा बस्ने सार्वजनिक भएसँगै चीनले त्यसको विरोध गरेको छ ।

चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सको सम्पादकीयमा अमेरिकाले ताइवानका राष्ट्रपति साय इंग वनलाई अमेरिका प्रवेश गर्न नदिन भनिएको छ । र, एक चाइना नीनिका विषयमा कुनै छलफल नगर्न समेत चेतावनी दिएको छ ।

ग्लोबल टाइम्सको सम्पादकीयमा लेखिएको छ,‘ एक चीन नीतिमा अटल रहन चीनले अमेरिकी राष्ट्रपतिसँग निवेदन गरेको छैन, तर यो अमेरिकी राष्ट्रपतिको कर्तव्य हो की चीन अमेरिका सम्बन्ध बनाइ राखोस् र एसिया प्रशान्तको व्यवस्थाको सम्मान गरोस् ।’

सम्पादकीयमा भनिएको छ, ‘यदी डोनाल्ड ट्रम्प राष्ट्रपति सम्हालेपछि एक चीन नीतिको खत्तम गर्छन् भने चीनको नागरिकले सरकारसँग यसको बदला लिन माग गर्ने छन्, सौदाबाजीको कुनै मतलब हुने छैन ।’


नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा सपथ लिनुपूर्व कुनै विदेशी नेतासँग नभेट्ने जनाएका छन् । तर २० जनावरीपछि भने सायसँग भेट्ने सम्भावना रहको बताइएको छ । सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell