Nic Asia
cocacola

सुशासन

उत्तर कोरियाको चेतावनी–अमेरिकाले भयानक पीडा भोग्छ

काठमाडौं, २८ भदौ– संयुक्त राष्ट्रसंघको नयाँ आर्थिक प्रतिवन्धपछि उत्तर कोरियाले अमेरिकामाथि भयानक पीडा पु-याउने चेतावनी दिएको छ ।

संयुक्त राष्ट्र संघमा उत्तर कोरियाका दूतले अमेरिकामाथि राजनीतिक आर्थिक र सैन्य मुकाबलाको विकल्प चुनेको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार उत्तरु कोरियासँग लड्नका लागि जो गर्न सक्यो त्यसको तुलनामा यो प्रतिवन्ध केही पनि होइन ।

संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवन्धको उद्देश्य उत्तर कोरियाका लागि तेल निर्यात रोक्नु र उसको हतियार कार्यक्रमका लागि आमदानी सक्नु हो ।

यसै महिना उत्तर कोरियाले आफ्नो छैंठौ तथा अहिलेसम्मको सवैभन्दा ठूलो परमाणु परीक्षण गरेको थियो । यो प्रतिवन्ध त्यही कामको जवाफमा दिइएको थियो ।

उत्तर कोरियाका संयुक्त राष्ट्रसंघका दूत हानताए सांगले यसलाई अवैध बताएका छन् ।

जेनेभामा संयुक्त राष्ट्र संघको एक सम्मेलनमा उनले उत्तर कोरिया जे गर्न जादै छ त्यसले अमेरिका ठूलो पीडा मा पर्ने छ जो उसले यसअघि देखेको थिएन भन्दै अमेरिकामाथि चेतावनी दिए ।

संयुक्त राष्ट्र संघले सर्वसम्मत रुपमा उत्तर कोरिया विरुद्ध नयाँ प्रतिवन्ध पारित गरेको छ ।

तर यो त्यतिखेर सम्भव भएको थियो जतिवेला चीन र रुसको आग्रहरमा अमेरिकाले प्रस्तावलाई केही नरम बनाएको थियो ।

शुरुवातमा उत्तर कोरियाबाट तेल आयातमाथि पूर्ण प्रतिवन्ध लगाउने मस्यौदा तयार गरेका थिए । केही विशेषत्रका अनुसार यस्तो गरेको खण्डमा उत्तर कोरियाको सरकार अस्थिर हुन सक्थ्यो ।

सन २००६ को संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् उत्तर कोरियाको विरुद्ध नौ प्रस्तावलाई एक मतले मञ्जुरी दिएको छ । बुधवार, भाद्र २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti