Nic Asia
cocacola

सुशासन

छोरीको सरुवा गराउन सांसदको रोइलो, ‘मन्त्रीले भनेपछि हुन्न भन्ने तँ को होस् ?’


काठमाडौं, २५ असोज– उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका सांसद डा. शिवजी यादवले सामान्य प्रशासन मन्त्रालयका सह–सचिवमाथि दुव्र्यवहार गरेका छन् ।

सामान्य प्रशासन मन्त्रालयका सह–सचिव बलराम रिजाललाई यादवले दुव्र्यवहार गरेका हुन् । तीन दिन अघि रिजालको कार्यकक्षमा गएर यादवले मुखै छोडेर बोलेका हुन् ।

यादवले हाल योजना आयोगमा काजमा कार्यरत आफ्नी छोरी कार्तिका यादवलाई योजना आयोगमै सरुवा गराई दिन भनेका थिए ।

‘मैले मन्त्री ज्यूलाई पनि भनेको छु, उहाँले समेत हुन्छ भन्नुभएको छ,’ यादवले मन्त्रालयमा गएर यादवले भनेकाथिए, ‘छोरीको सरुवा गराइदिनुपर्यो ।’

उनले यसो भन्दै गर्दा सह–सचिव रिजालले अहिले सरुवा गर्न नसकिने जनाउ दिएका थिए । अहिले अरु कर्मचारीको समेत फाइल अड्किरहेकाले यादवको सरुवा गर्न नसकिने कुरा रिजालले सुनाए ।

यत्तिकैमा सभासद यादवले बम्किएर भने, ‘मन्त्रीले भनेपछि हुन्न भन्ने तँ को होस् !’

सामान्य प्रशासन स्रोतका अनुसार यादवले मुख छोडेपछि सह सचिव रिजालले उनीसँग कुरा गरेनन् । रिजालले ‘अब तपाईंसँग दोहोरो कुरा हुँदैन’ भनेर सांसदलाई भनेका थिए ।

सांसद यादवले सहसचिवबाट काम नबन्ने देखिएपछि सामान्यका सचिव मोहन सापकोटालाई पनि सरुवाका लागि अनुरोध गरे । तर त्यहाँबाट पनि काम बनेन् ।

आफ्नो व्यवहारका कारण कर्मचारीहरु रिसाएपछि यादव आइतवार विहान फेरि सामान्य प्रशासन मन्त्रालयमा पुगेर आफ्नी छोरीलाई कहिँ पनि सरुवा नगरिदिन अनुरोध गरे ।

सामान्यबाट कार्तिकाको सरुवा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा गर्ने तयारी भएको भेउ पाएपछि यादव फेरि मन्त्रालयमा पुगे र सचिवसँग अनुनय विनय गर्न थालका छन् ।

यादवले कर्मचारीलाई दुव्र्यवहार गर्ने काम आफूले नगरेको बताए । ‘छोरीको तालिम सकिएपछि पोष्टिङ हुँन बाँकी रहेकोले किन पोष्टिङ भएन भनेर बुझ्नको लागि म सामान्यमा गएको थिएँ,’ लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘कर्मचारीलाई दुव्र्यवहादर गरेको भन्ने कुरा गलत हो ।’

उनले सरुवाका लागि नभएर पोष्टिङका लागि बुझ्न मन्त्रालय गएको जिकिर गरे । बुधवार, आश्विन २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti