Nic Asia
cocacola

सुशासन

बाबुरामको निर्देशन– ‘नयाँ शक्ति एक्लै चुनावमा जानसक्छ, तयार रहनुस्’

काठमाडौं २६ असोज– एकसाता पहिले मात्र वामपन्थी गठबन्धनमा सहभागि भएर उत्साही देखिएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले नयाँ शक्ति एक्लै चुनावमा जानसक्ने संकेत गरेका छन् । उनले वैंकल्पिक राजनीतिक अभियानमा दृढ रहन आह्वान गरेका छन् ।

राष्ट्रिय युवा अभियानको भेलालाई बिहीवार काठमाडौंमा सम्वोधन गर्दै भट्टराईले पुराना शक्तिहरु नसच्चिए नयाँ शक्ति एक्लै चुनावमा भागलिने बताएका हुन् । ‘सकेसम्म गठबन्धनमै रहेर निर्वाचनमा सहभागी हुने प्रयास हुन्छ । मिल्दै मिलेन र आवश्यक प-यो भने नयाँ शक्ति एक्लै चुनावमा जान्छ, त्यसका लागि तयार रहनुस’ उनले भने ।
गोरखामा माओवादी केन्द्रले बाबुरामका लागि सीट छाड्न तयार नभएपछि भट्टराई रुष्ट बनेका हुन् । भट्टराईले यसबिषयमा एमाले अध्यक्ष केपी ओलीसंग पनि कुरा गरिसकेका छन् ।

बाबुरामका लागि माओवादीले गोरखाका दुबै निर्वाचन क्षेत्र नछाड्ने बताएपछि बाबुराम समूह वामपन्थी गठबन्धनबाटै अलग्गिने सम्भावना रहेको स्रोतको दावी छ । बिहिवार, आश्विन २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti