Ruslan
Tata /sipradi
Nic Asia

सुशासन

उपत्यकामा जार र बोतलका खानेपानी प्रदूषित

सुवास भट्ट

 

काठमाडौं, १० मंसिर – काठमाडौं उपत्यकाका लाखौं उपभोक्ताले दैनिक पिउने जार र बोतलका खानेपानी गुणस्तरहीन भेटिएको छ । गुणस्तरहीन पानी उत्पादन र आपूर्ति गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत चार महिनामामात्र विभिन्न १२ पानी उत्पादक कम्पनीलाई कारबाही गरेको छ ।

गत साउनदेखि कात्तिकसम्ममा उपत्यकाका जार र बोतलका खानेपानीको गुणस्तरको परीक्षण गर्दा दोषी भेटिएपछि ती एक दर्जन उद्योगलाई कारबाही गरिएको विभागका खाद्य अधिकृत मदन चापागाइँले लोकान्तरलाई बताए ।

गुणस्तरहीन पानी उत्पादन गर्ने कम्पनीहरूमा काठमाडौं जितपुरफेदीमा रहेको हाइल्याण्ड ड्रप्स फूड वेभरेज, मनमैजुको बाजाली वेभरेल, जोरपाटीको स्प्लास मिनरल वाटर र भक्तपुरको जेन्युन मिनरल्स एण्ड वेभरेज प्रालि रहेका छन् ।bottle-of-water-copy-copy

काठमाडौंकै बुढानिलकण्ठमा रहेको नीलकण्ठ न्याचुरल स्प्रिङ वाटर, ग्लेसियर वेभरेज इन्डस्ट्रिज, प्राची मिनरल वाटर र मनमैजुको त्रिशूली मिनरल्स एण्ड वेभरेज प्रालि (२ वटा उत्पादन)ले पनि गुणस्तरहिन पानी उत्पादन गरेको भेटिएको विभागको भनाई छ ।

त्यस्तै, बालाजु औद्योगिक क्षेत्रमा सञ्चालिन त्रिकोण वेभरेज इन्डस्ट्रिज, बुढानिलकण्ठमा रहेको ग्रिनवेरी मिनरल वाटर प्रालि र झौखेलको जीआर मिनरलका उत्पादन पनि गुणस्तरहीन भेटिएको विभाग बताउँछ ।

‘गुणस्तरहिन र उपभोक्ताको स्वास्थ्यमा असर पर्ने पानी उत्पादन गरेको पाइएपछि ती उद्योगलाई कारबाही गरेका छौं,’ विभागका खाद्य अधिकृत मदन चापागाइँले भने ।  उनका अनुसार विभिन्न समयका कारबाही गरिएका ती कम्पनीलाई अहिले फूकुवा गरिसकिएको छ ।

अन्य उपभोग्य वस्तुमाभन्दा खानेपानीमा बढी समस्या

पछिल्लो समय बजारमा दुषित र गुणस्तरहीन खानेपानीको बिगबिगी बढेको विभाग बताउँछ । ‘विभागले बजार अनुगमन गर्दा अन्य वस्तुमा भन्दा खानेपानीको गुणस्तरमा धेरै समस्या देखिन्छ,’ चापागाइँले भने ।

कात्तिकसम्ममा विभागले विभिन्न १ सय ६४ उद्योग, व्यवसाय, किराना पसल लगायतमा अनुगमन गरेको थियो ।  अनुगमन गरेकामध्ये विभागले विभिन्न १५ उद्योग शिलवन्दी गरेको थियो । जसमा अधिकांश खानेपानी उत्पादक उद्योग नै छन् ।

खाद्य ऐन –२०२३ अनुसार तोकिएको गुणस्तर अनुसारको उपभोग्य वस्तु उत्पादन तथा विक्रीवितरण गर्नेमाथि ६ महिनादेखि १ वर्षसम्म कैद र ५ देखि १० हजारसम्म जरीवाना गर्ने व्यवस्था छ ।

शुक्रवार, मंसिर १७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam