Nic Asia
Tata /sipradi
Sarbottam Cement

सुशासन

देशभरका कारागारको हरिबिजोग, क्षमता १० हजार, तर कैदीबन्दी १८ हजार

गजेन्द्र बस्नेत

काठमाडौं, २९ मंसिर–पछिल्ला वर्षमा देशभर अपराधका घटनाको संख्या बढेपनि कारागार व्यवस्थापन र कारागारको क्षमता वृद्धिमा ध्यान नदिइँदा देशभरका कारागारको अवस्था विजोग भएको छ । अपराधका घटना र प्रवृत्ति बढेसँगै कैदी बन्दीको संख्या दोब्बर पुग्दा समेत दशकौं पुराना कारागारमा कैदीलाई कोचेर राख्ने गरिएको छ ।
Caption

त्यसैमाथि मुलुकका विभिन्न कारागारमा भएका श्रृङ्खलाबद्ध घटनाले कारागार सुरक्षामा प्रश्नचिह्न खडा गरेको छ । यसको पछिल्लो उदाहारण हो – महोत्तरीस्थित जलेश्वर कारागार । गएको मंसिर १२ गते जलेश्वर कारागारभित्र कैदीहरूबीच झडप हुँदा २२ जना कैदी घाइते भए ।

कारागारभित्र भएका पछिल्लो सात वर्षका सात घटना
  • २०७३ मंसिर १२ गते, महोत्तरीको जलेश्वर कारागारमा कैदीबन्दीबीच झडप हुँदा २२ जना घाइते ।
  • २०६९ पुस २५ गते बुधवार, मध्यराति सिन्धुली कारागारभित्रै कैदीबन्दीहरूबीच कुटाकुट भयो । कुटपिटबाट कैदी नीरज देवकोटाको मृत्यु भयो । घटनामा परी अन्य सातजना कैदी घाइते भए ।
  • २०६९ कार्तिक, प्रहरीको आ“खैअगाडि करीब ८० फीट लामो सुरुङ खनेर कुख्यात अपराधीको जत्था पूर्वाञ्चल क्षेत्रीय कारागारबाट फरार ।
  • २०६८ साल मंसिर २० गते, चितवन कारागारभित्र झडप भयो, झडपमा परी घाइते भएका चारमध्ये एकजनाको मृत्यु भयो ।
  • २०६८ साल मंसिर १४ गते, मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारमा झडप हु“दा १२ जना घाइते भए ।
  • २०६७ साल फागुन २६ गते देशकै सर्वाधिक सुरक्षित मानिने केन्द्रीय कारागारमै गोली चल्यो, गोली लागि सञ्चार उद्यमी युनुस अन्सारी घाइते भए ।
  • २०६६ सालमा पूर्वाञ्चल क्षेत्रीय कारागारभित्र कैदीबन्दीको एउटा समूहको कुटपिटबाट कैदी अर्जुन तामाङको मृत्यु भयो । स्रोत – प्रहरी प्रधान कार्यालय


यसबाहेक पनि कैदीहरूबीचको झगडा, सुरक्षाकर्मीको आँखा छलेर भाग्ने लगायतका थुप्रै घटना भएका छन् । साथसाथै कर्मचारी र सुरÔाकर्मीसँगको मिलेमतोमा कैदी फरार हुने जस्ता समाचार त सामान्य नै बनेका छन् । कतिपय जेलमा थुनिएका कुख्यात अपराधीले जेलभित्रैबाट आफ्नो अपराधको दुनिया“ चलाइरहेको समेत खुल्ने गरेको छ ।

यो कुरा प्रहरी प्रवक्ता हेमन्त मल्ल पनि स्वीकार्छन् । कारागारको क्षमताभन्दा कैदी बढी राख्नुपर्ने बाध्यता लगाएका कारण यस्ता घटना दोहोरिएको प्रहरी प्रवक्ता मल्ल बताउँछन् ।

कारागार क्षमता १० हजार, तर कैदी १८ हजार

कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार, अहिले नेपालका ७२ जिल्लामा ७४ वटा कारागार छन् । धनुÈा, भक्तपुर र बारा जिल्लामा त अहिलेसम्म कारागार नै छैनन् । काठमाडौं र दाङमा दुई दुईवटा कारागार छन् । देशभरका सबै कारागारमा कैदी क्षमता जम्मा १० हजार छ । तर अहिले झण्डै १८ हजारको संख्यामा कैदीबन्दी छन् ।

अहिले सबैभन्दा बढी कैदीबन्दीको चाप काठमाडौंस्थित केन्द्रीय कारगारमा छ । १५ सय क्षमताको भौतिक पूर्वाधार रहेको कारागारमा २ हजार ५ सय ८० जना कैदीबन्दी छन् । त्यस्तै सुनसरीस्थित झुम्का कारागारमा केही पूर्वाधार विकास भएपनि कैदीबन्दीको चाप उस्तै छ । दुई सय २५ को भौतिक क्षमता रहेको झापा कारागारमा दुई गुणा बढी कैदीबन्दी छन् । १३५ कैदीबन्दी राख्ने क्षमता रहेको जलेश्वर कारागारमा ३७४ कैदीबन्दी छन् ।

विभागका निर्देशक वेदबहादुर कार्कीका अनुसार अहिले कैदीबन्दीको चाप देशभरका ७४ ओटै कारागारमा छ । विभागको तथ्याङ्क अनुसार ६ वर्षयता प्रत्येक वर्ष एक हजारको संख्यामा कैदीबन्दी थपिइरहेका छन् ।

कुन आर्थिक वर्षमा कति कैदीबन्दी ?
आर्थिक वर्ष २०६९/७० – ११ हजार
आर्थिक वर्ष २०७०/७१ – १३ हजार
चालु आर्थिक वर्ष – १७ हजार ९ सय ६६ जना

स्रोत – कारागार व्यवस्थापन विभाग

भूकम्पका कारण अहिले नुवाकोट, महोत्तरी, खोटाङका कारागार त्रिपालमुनि छन् । बर्खाको समयमा धनकुटा, ताप्लेजुङ र खोटाङ कारागारमा कैदीबन्दी छाता ओडेर सुत्न बाध्य छन् ।

कारागार क्षमता बढाउने योजना कछुवाको गतिमा

अहिले कारागार व्यवस्थापन विभाग, शहरी विकास मन्त्रालय र शान्ति तथा पुनर्निर्माण मन्त्रालयले नया“ कारागार निर्माणको काम थालेका छन् । अपराधको प्रकृति हेरर छुट्टा–छुट्टै राख्ने व्यवस्थासहित २६ जिल्लामा कारागार बनाउने प्रक्रिया थालिएको छ । नया“ कारागार बनेपछि समस्या समाधान हुने दाबी गर्छ कारागार व्यवस्थापन विभाग । तर क्षमता विस्तारको कामले भने गति लिन सकेको छैन ।

समस्याको निकास के त ?

अहिले देशभरका कारागारालाई क्षमताभन्दा कैदी बढी राख्नुपर्ने बाध्यता छ । प्रहरी प्रवक्ता मल्ल भन्छन् – ‘कारागारको दुरवस्थाका कारण पनि सुरक्षामा कठिनाई भएको हो ।’ तर यसो भन्दैमा सुरक्षा निकाय र कारागार प्रशासनको लापरवाही भएको छैन चाहिँ भन्न मिल्दैन । हुनपनि घटना श्रृङ्खलाबद्ध रूपमा भएको छ, सुरक्षामा कमजोरी भएको पनि सबैलाई थाहा छ, घटनाबारे प्रतिवेदन पनि निस्कन्छ, अब सुरक्षामा नचुक्ने प्रतिबद्धता पनि दोहोरिन्छ तैपनि समस्या भने बढिरहेको छ । यस विषयमा अनुसन्धान गरी चा“डोभन्दा चा“डो समस्याको निकास खोज्नुपर्छ ।

कैदीबन्दीको वार्षिक खर्च मात्रै ६० करोड बढी

कैदीबन्दीको संख्या बढेस“गै उनीहरूको खानपान, लुगाफाटो औषधि उपचार लगायतमा राज्यको खर्च समेत बढेको छ । सरकारले कैदीबन्दीलाई दैनिक ४५ रुपैया“ र ७ सय ग्राम चामल उपलब्ध गराउ“दै आएको छ । यसमा मात्र राज्यको वार्षिक ६० करोड हाराहारी खर्च हुँदै आएको छ । आर्थिक वर्ष २०७२/७३ सरकारको ५९ करोड १९ लाख ९१ हजार खर्च भएको थियो । चालू आर्थिक वर्षको ४ महिनाभित्रमा ५९ करोड ६३ लाख २८ हजार खर्च भइसकेको कारागार व्यवस्थापन विभागका निर्देशक वेदबहादुर कार्की बताउँछन् ।



सन्दर्भ तस्वीर : lejdc.fr बुधवार, मंसिर २९, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell