Nic Asia
cocacola

सुशासन

स्वीकृतिबिना काठमाडौंका दर्जनौं ठाउँमा पतञ्जलीका होर्डिङ बोर्ड र स्टिकर

सुवास भट्ट

 

काठमाडौं, ९ मंसिर –नेपालमा आफ्ना उत्पादनको व्यापक प्रचारप्रसार गरिरहेको भारतीय योग गुरु बाबा रामदेवको पतंजली आयुर्वेद केन्द्रले कर छलिरहेको भेटिएको छ । केन्द्रले उपत्यकाका दर्जनौं स्थानमा आफ्ना उत्पादनको विज्ञापन गरिरहेको छ तर सोबापत सरकारलाई तिर्नुपर्ने विज्ञापन करबाट भने उम्किन खोजिरहेको भेटिएको हो ।

काठमाडौं महानगरपालिका कार्यालयका अनुसार पतंजलीले काठमाडौंको जडीबुटी, भाटभटेनी, पुरानो बसपार्क, नयाँ बसपार्क, सितापाईला, स्वयम्भूलगायत उपत्यकाका दर्जनौं स्थानमा आफ्ना उत्पादनको विज्ञापन गरिरहेको छ । होर्डिङ बोर्ड, स्टिकर, भित्तेलेखनमार्फत आफ्ना उत्पादनको विज्ञापन गरिरहेको छ तर सोबापतको कर भने तिरेको छैन ।

ramdeb_nepal

बिना स्वीकृति होडिङ बोर्ड र स्टिकर

सार्वजनिक स्थानमा विज्ञापनका लागि होडिङ बोर्ड र स्टिकर राख्न सम्बन्धित क्षेत्रको महानगरपालिका वा नगरपालिकासँग स्वीकृति लिनुपर्ने भए पनि पतञ्जलीले विना स्वीकृति सार्वजनिक स्थानमा होर्डिङबोर्ड र स्टिकर टाँसेको छ ।

‘विज्ञापनका लागि पतञ्जलीले महानगरपालिकासँग स्वीकृति लिएको छैन,’ महानगरपालिका कार्यालयको राजश्व शाखाका प्रमुख ध्रुवकुमार काफ्लले लोकान्तरलाई बताए ।  ‘बिनास्वीकृति टाँसिएका होडिङ बोर्ड र स्टिकर हटाउनका लागि महानगरपालिकाले जनशक्ति परिचालन गरिरहेको छ,’ काफ्लले भने । कर असुल गर्न काठमाडौंमा रहेको पतञ्जली केन्द्रमा सम्पर्क गर्ने प्रयास गरेपनि सफल हुन नसकेको उनले बताए । ‘विभिन्न केन्द्रहरूमा सम्पर्क गर्दा करका बारे थाहा नभएको प्रतिक्रिया प्राप्त भएको छ, अहिले हामी सम्बन्धित प्रमुख व्यक्तिलाई खोज्दै छौं,’ काफ्लले भने ।

नगर सहायक निरिक्षक विष्णु बोगटीले अनधिकृत रूपमा महानगरभित्र राखिएका होडिङ बोर्ड हटाउनका लागि केन्द्रलाई एक साताअघि पत्राचार गरेको जानकारी दिए । ‘अनधिकृत रूपमा राखिएका होडिङ बोर्ड र स्टिकर हटाउन केन्द्रलाई १५ दिनको समयसीमासहित करिव एक साताअघि पत्राचार गरिसकिएको छ,’ उनले भने, ‘समयसीमाभित्र होडिङ बोर्ड र स्टिकर नहटाए कडा कानूनी कारवाहीमा जानेछौं ।’

पछिल्लो समय पतञ्जलीले आफ्ना उत्पादनको विज्ञापनलाई तिब्रताका साथ अघि बढाएको महानगरपालिकाको भनाई छ । यस विषयमा प्रतिक्रिया लिन खोज्दा पतञ्जलीको व्यापार गरिरहेका कोही पनि व्यक्ति तथा संस्था खुलेर बोल्न चाहेनन् । पतञ्जलीको नेपालस्थित कार्यालयमा यसबारेमा सम्पर्क गर्दा विरगञ्जको योग शिविरको कारण दर्शाउँदै आधिकारीक व्यक्ती सम्पर्कमा आउन चाहेनन् ।

यसैबीच, नेपालको सिंहदरवार बैद्यखानालाई सुकाएर भारतीय योगगुरुको नीजि कम्पनीलाई प्रवद्र्धन गर्न नेपालका राजनीतिक नेता र सरकारी अधिकारीहरू लागेको भन्दै सामाजिक सञ्जालमा बिरोध भएको छ ।

शुक्रवार, मंसिर १७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti