Nic Asia
cocacola

स्वास्थ्य

किन उभिएर पानी पिउन हुन्न ?


पानी यस्तो प्राकृतिक संसाधन हो जसको प्रयोगबिना मानव जीवको कल्पना पनि गर्न सकिदैन ।

यसका लागि पानीलाई पृथ्वीको अमृत पनि भन्ने गरिन्छ । पानी मानव शरीरका लागि अनिवार्य तथा आवश्यक तत्व मध्ये ए हो । मानव शरीर पाँच तत्वबाट बनेका हुन्छ ।

जसमा ७० प्रतिशत हिस्सा पानीबाट बनेको हुन्छ । यसका लागि ७–८ गिलास पानीको सेवन प्रतिदिन गर्न चाहिन्छ । यसले पाचन तन्त्र, कपाल एवं छाला स्वास्थ् हुन्छ । पानी शरीरको बेकार पदार्थबाट बाहिर निकाल्छ र रगलाई सफा राख्नको लागि समेत मद्दत गर्छ ।

पिउने पानी राम्रो तथा ताजा हुन आवश्यक छ । बासी पानीले यस्तो जीवाणु पैदा हुन्छ जसले कफ र पित्त बढाउँछ । तर यसभन्दा पहिला पानी कस्तो स्थितिमा, कहिले र कसरी पिउन आवश्यक छ त्यसबारे जानकारी लिन जरुरी छ ।

केही यस्तो स्थिति र बिरामीमा पर्याप्त पानी पिउन आवश्यक छ ।
जस्तो विराम, कपाल झर्ने समस्या, पथरी ,तनाव, हैजा, पानी कम हुने रोग, अधिक गर्मी आदीमा पानी पर्याप्त मात्रामा पिउन आवश्यक छ ।

पानी पिउने सहि समय

२–३ गिलास पानी विहान खाली पेट पिउँदा शरीरको अन्तरिक उर्जा सक्रिय हुन्छ । विहान खाली पटमा पानीको मात्र आफ्नो शरीरको क्षमता अनुसार बढाउन वा घटाउन सकिन्छ ।

तर दुई गिलास पानी पिउने प्रयास गर्नु होला ।
एक गिलास पानी नुहाए पश्चात पिउदा व्लड प्रेशर नियन्त्रित रहन्छ ।
दुई गिलास पानी भोजनको आधा घण्टा पहिला पिउँदा फाइदा हुन्छ ।
आधा गिलास पानी सुत्नुभन्दा ठीक पहिला पिउदाँ हर्ट अट्याकबाट बच्न सकिन्छ ।

उभिएर पानी पिउदा शारीरिक नोक्सान

आजको अनियमित जीवनशैलीका कारण मानिस खानपानमा हेलचक्राइ गर्छन् । जसको घातक परिणाम शरीरलाई भोग्नुपर्छ ।

अधिकांश मानिसहरु हतारमा खडा भएर पानीको सेवन गर्छन जससको गलत प्रभाव शरीरमा अवश्य पर्छ ।

उभिएर पानी पिउदा यो सजिलै शरीरमा प्रवाह हुन्छ ।  ठूलो मात्रामा  खाद्य नलिद्वारा तल्लो पेटको भित्तामा खस्छ । यसले पेटको भित्तोको छेउछाउनमा क्षति पुग्छ । एक दुई पटक यसरी पानी पिउदा यस्तो लाग्दैन । तर लामो समयसम्म यसरी पानी पिउँदा पाचन तन्त्र, मुटु र किड्नीको समस्या देखिन जान्छ ।

उभिएर पानी पिउदा घुडामा दवाव पर्छ । जसबाट विरामीको सम्भावना बढ्छ । तसर्थ बसेर विस्तार विस्तार पानी पिउन आवश्यक छ ।

एजेन्सी सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti

ताजा समाचार