Nic Asia
cocacola

स्वास्थ्य

१ लाख भन्दा बढी नेपालीमा अन्धोपनको समस्या, पुरुष भन्दा महिला धेरै

काठमाडौं, २५ असोज– नेपालमा अझै पनि आँखाका रोगीहरु समयमै उपचारको लागि अस्पताल नआउने तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ ।

हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार मनाइने विश्व दृष्टि दिवसको पूर्व सन्ध्यामा तिलगंगा आँखा प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा प्रतिष्ठानका निर्देशक रोहित सैंजूले समयमै उपचार गर्दा आँखा रोग पूर्ण रुपमा निको हुने भएपनि धेरै नेपालीहरु समयमै उपचारमा नआउने गरेको बताए ।

नेपालमा करिव ९० लाख आँखाका विरामी भएपनि ३० लाख विरामीले मात्रै उपचार पाउने गरेको प्रतिष्ठानको तथ्याङ्क छ । नेपालको सबै जिल्लाहरुमा आँखा उपचारको सेवा पुगेपछि सबै गाउँपालिकाहरुमा सेवाको पहुँच नहुदा आँखाका विरामीहरुले सेवा पाउन नसकेको तिलगंगा आँखा प्रतिष्ठानका कार्यक्रम निर्देशक नविन राइले बताए । उनले भने,‘ जिल्ला सदरमुकाममा मात्रै आँखा केन्द्रहरु संचालन छन् । ग्रामीण क्षेत्रमा विरामीहरुले गाउँमा आँखा शिविर हुदा मात्रै सेवा पाउँछन् ।’

तिलगंगा आँखा प्रतिष्ठानको तथ्याङक अनुसार नेपालमा १ लाख २० हजार व्यक्तिमा अन्धोपन रहेको त्यसमा ५३ प्रतिशत महिला रहेका छन् ।

समयमै उपचारको नपाउँदा महिलाहरुमा अन्दोपनको समस्या बढि भएको अस्पतालका डा. रभा थापाले बताइन् । उनले भनिन्,‘ आँखामा समस्या भएका महिलाहरुले समयमै उपचार नपाउँदा पनि महिलाहरुमा बढि अन्दोपनको समस्या देखिएको हो । अझै पनि महिलाहरु आर्थिक रुपमा सक्षम बन्न नसक्दा उपचारको लागि पुरुषकै भर पर्ने गर्छन् । ग्रामीण क्षेत्रका महिलाहरु समयमै उपचारको लागि नआउदा पनि अन्दोपनको समस्या उनिहरुमा बढि देखिएको हो ।’ बुधवार, आश्विन २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti