Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

सिनेमा

चर्चित फिल्म डनको तेस्रो भाग बन्ने घोषणा, ‘जंगली बिल्ली’ बन्ने भइन् कटरिना

अमिताभ बच्चनको फिल्म डनलाई बलिउडमा ल्यायो तब कसैले पनि सोचेका थिएनन् की एक दिन यो फिल्मले फिल्म उद्योगमा यतिधेरै चर्चित फिल्म बन्छ भनेर ।

अमिताभ बच्चनदेखि लिएर शाहरुख खानको डानले बलिउडमा आफ्नो गहिरो छाप छोडेको छ । र एक पटक फेरि निर्माता रितेश सिद्धवानी डनको सिक्वेल बनाउन गइरहेका छन् ।

समाचारहरुका अनुसार रितेशले फिल्म डन ३ बनाउने चाहेका थिए तर उनले कुनै कथा पाइरहेका थिएनन् । तर हासालै रितेशले पीटीआइको एक अन्तवार्ताका क्रममा बताए ,‘हामीले डन ३ को सिक्वेलको बारेमा गहिराइमा साचेका छौं अब यस फिल्मका लागि आइडिया पनि पाइएको छ ’

भारतीय सञ्चारमाध्यमहरुका अनुसार यस फिल्ममा जंगली विल्ली प्रियंका नभइ कटरीना बन्ने भएकी छिन् । शायद यसका कारण शाहरुसँग प्रियंका नजिकिएकी छिन् । सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell