shivam
Nerolac and Nepal life

छापामा

किन रोकियो एसपी चौधरीको सरुवा ?

काठमाडौँ, २८ साउन- प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखमा सरुवा गरिसकेका अधिकांश प्रहरी उपरीक्षक (एसपी)ले जिम्मेवारी सम्हालिसकेका छन् ।mira

धनुषा प्रमुखमा सरुवा भएकी एसपी मीरा चौधरी भने कहिले त्यता जानुपर्ने भन्नेमा बेखबर छिन् । 'सरुवा भएको बाहेक थप केही जानकारी छैन । हाल केन्द्रीय अनुसन्धान ब्युरोमा छु,' चौधरीले भनिन् । आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एसपी चौधरीलाई धनुषा पठाउने निर्णय सच्याउन र हाल प्रमुख रेहका लालमणि आचार्यलाई नै कायम राख्न गृहमन्त्री जनार्दन शर्मा र प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई निर्देशन दिएको चर्चा चलेको थियो ।

तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले गत भदौ २१ गते आचार्यलाई धनुषा प्रमुख बनाएका थिए । शनिवार, श्रावण २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota