shivam
Nerolac and Nepal life

छापामा

केपी ओलीलाई किन भेटिनन् सुष्माले ?

काठमाडौँ, २८ जेठ- भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नभेटी स्वदेश फर्किएकी छन् ।kp_oli_sushma_swaraj

स्वराजले सत्तारुढ दलका शीर्ष नेता र मधेसकेन्द्रित दलका नेताहरुसँग भने भेटवार्ता गरेर फिरेकी छन्, आजको कान्तिपुरमा खबर छ ।

कूटनीतिक भ्रमणमा राजनीतिक भेटघाट हुँदा प्रमुख प्रतिपक्ष दलको नेता प्राय: छुट्दैनन् । स्वराज विमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन काठामाडौं आएकी थिइन् ।

अध्यक्ष ओलीले शुक्रबार पोखरामा कार्यक्रम रहेकाले आफू व्यस्त रहेको सन्देश दिएपछि भेटवार्ता नभएको कूटनीतिक स्रोतले बताएको छ । शनिवार, श्रावण २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota