Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

सम–सामयिक

लुटपाट गर्ने गिरोहका नाइके पक्राउ


काठमाडौँ, २७ पुस - प्रहरीले शृङ्खलाबद्ध लुटपाटमा संलग्न एक युवकलाई पक्राउ गरेको छ । lutpat

रामेछाप दोरम्बा गाविस घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा दक्षिणढोका बस्ने २९ वर्षीय सागर भन्ने टीकाबहादुर थापामगरलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले २० भन्दा बढी स्थानमा लुटपाटको घटनामा मगरको संलग्नता देखिएको जानकारी दिए ।
पक्राउ परेका मगरले उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल र पैदल हिँड्दै गरेका मानिसको साथबाट मोटरसाइकलमै आएर सुनका गहना लुटपाट गर्ने, बैंक तथा वित्तीय संस्थाबाट रकम झिकेर फर्केकाको पिछा गर्दै रकम लुटपाट गर्नेजस्ता अपराधमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
मगर यसअघि पटक–पटक डाँका मुद्दामा, रकम चोरी मुद्दामा, मोटरसाइकल चोरी लगायतका घटनामा संलग्न रहेकाले पटक–पटक थुनामा परेको प्रहरीको भनाइ छ ।

मगर यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुटे पनि आफ्नो चरित्रमा परिवर्तन नल्याएको उहाँको भनाइ छ । उनी २०६४, २०६५, २०६८, २०६९, २०७२ सालमा चोरी, डाँका मुद्दामा पक्राउ परी जेल सजायसमेत भोगिसकेको प्रहरीले जनाएको छ ।

यही पुस २२ गते भक्तपुरको कौशलटारस्थित एनआइसी एसिया बैंकबाट झिकेको रु छ लाख लुटपाट गर्ने गिरोहका नाइके समेत मगर नै भएको प्रहरीले जनाएको छ । बैंकबाट रकम झिकेर गट्ठाघर पुगेलगत्तै काभ्रे पाँचखाल घर भई हाल भक्तपुर बालकुमारी बस्ने ३१ वर्षीय मन्दिरा अधिकारीका साथबाट मोटरसाइकलमा आएका निज लुटेराले पैसा भएको झोला लुटेर फरार भएका थिए ।

प्रहरीले मगरको कोठामा खानतलासी गर्दा सोही घटनामा लुटपाट गरी लगेको रकममध्येको रु तीन लाख नगद बरामद गरेको छ ।

पक्राउ परेका मगरलाई बिहीबार भक्तपुर जिल्ला अदालतमा पेस गरेर म्याद थप गरी आवश्यक कारबाही एवम् अनुसन्धान प्रक्रिया अगाडि बढाइने महानगरीय प्रहरी वृत्त भक्तपुर, ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिए । रासस बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell