Nic Asia
cocacola

सम–सामयिक

खुट्टाबाट थाहा लाग्छ तपाईंको व्यक्तित्व !

काठमाडौं — शरीरका प्रत्येक अंगले तपाईंको व्यक्तित्व उजागर गर्छन् । हातजस्तै खुट्टाले पनि तपाईंका बारेमा बताइदिन्छन् । तिनीहरूको आकारले व्यक्तित्व वर्णन गरिदिन्छन् ।


रोमन खुट्टो

रोमन खुट्टो हुनेहरूको बूढी औंला र दोस्रो औंला उत्रै हुन्छन् । यस्तो खुट्टा भएका मानिस सामाजिक रूपमा घुलमिल गर्छन् र बाहिर जान मन पराउँछन् । लामो समयसम्म एकै ठाउँमा बस्न उनीहरू मन पराउँदैनन् । उनीहरू एड्भेन्चर गर्न, घुमघाम गर्न र अन्य संस्कृतिका बारेमा जान्न रुचाउँछन् । उनीहरू अनौठा हुन्छन् र आकर्षणको केन्द्र बनिरहन चाहन्छन् । व्यावसायिक रूपमा उनीहरू सफल हुन्छन् । उनीहरूको प्रेमजीवन पनि एकदमै तूफानी हुन्छ ।



लामो खुट्टा
यस्तो खुट्टा हुने मान्छेको औंला एकदमै सानो हुन्छ । यस्ता मान्छे रहस्य लुकाउन पोख्त हुन्छन् । तर यिनीहरूको दिमाग घरिघरि घुम्ने हुनाले आफ्नै लागि र अरूका लागि समस्या निम्त्याउँछन् । यिनीहरू प्रेमिकासँग गुँडुल्किएर रमाइलो गर्न मन पराउँछन् ।

ग्रिसेली खुट्टा
यस्तो खुट्टा हुने मान्छेको दोस्रो औंलो बूढी औंलोभन्दा ठूलो हुन्छ । यस्ता मान्छे आशावादी हुन्छन् र छिट्टै उत्साहित हुन्छन् । यिनीहरू तनाव लिइरहन्छन् र सामान्य खरिदारी पनि राम्ररी गर्न जान्दैनन् । तर यिनीहरू सहयोगी हुन्छन् । ओछ्यानमा यिनीहरू पार्टनरलाई पेल्छन् । कार्यालयमा पनि यिनीहरू हैकम देखाउँछन् ।


कृषक खुट्टा
यस्ता खुट्टा हुने मानिसका सबै औंला एउटै लम्बाइका हुन्छन् । उनीहरू भरपर्दा हुन्छन् । जे कुरा पनि क्रम मिलाएर राख्नुपर्ने अनि सफा हुनुपर्ने उनीहरूको मान्यता हुन्छ । यिनीहरू तार्किक रूपमा निर्णय गर्छन् । भावनाले यिनीहरूलाई डो–याउँदैन ।


यसबाहेक तपाईंले व्यक्तित्वको परीक्षणका लागि अर्को किसिमको खुट्टे परीक्षण गर्न सक्नुहुन्छ :

तपाईं कान्छी औंलालाई तन्काएर अरू औंलाबाट  टाढा राख्न सक्नुहुन्छ भने रोमाञ्च मन पराउने किसिमको मान्छे हो । यस्ता मान्छेले अरूलाई ठग्न सक्छन् ।

तपाईं यसो गर्न सक्नुहुन्न भने तपाईं एकदमै एउटै मार्कामा चल्ने मान्छे हो । आफ्नो बानी तपाईं त्याग्न सक्नुहुन्न र परिवर्तनलाई मन नपराउने तपाईंको स्वभाव हो ।

एजेन्सी आइतवार, फाल्गुण ८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti