Ruslan
Tata /sipradi
Nic Asia

राजनीति

उर्जामन्त्री सहभागी कार्यक्रममा माओवादी नेतामाथि ढुंगामुढा

 सन्धीखर्क २८ पुस – प्रदेश नम्बर पाँचलाई टुक्राउँदा राम्रै हुन्छ भनेर भाषण गरेका माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य डिलाराम आचार्यलाई अर्घाखाँचीको सन्धिखर्कमा ढुंगा प्रहार भएको छ ।

अर्घाखाँची महोत्सवको उद्घाटन गर्न उर्जा मन्त्री जनार्दन शर्मासँगै अर्घाखाँची पुगेका आचार्यले प्रदेश टुक्राउने निर्णय देश हितमा रहेको भाषण गरेका थिए ।

ढुंगा प्रहारबाट आचार्यलाई चाहिँ लागेको छैन । झडपपछि आचार्य कार्यक्रम स्थलबाट काठमाडौं हिँडेका छन् । भाषणसँगै सर्वसाधारण उत्तेजित भएपछि भिडन्तको स्थिति सिर्जना भएको थियो । घटनमा दुई जना सर्वसाधारण घाइते भएका छन् ।

प्रहरीको कडा सुरक्षाको कारण आचार्य माथि आक्रमणको प्रयास विफल भएको हो । ढुंगामुडापछि कार्यक्रम स्थगित भएको छ ।
तस्वीर : प्रभात मरासिनी
बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing