Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

अनौठो संसार

यी हुन् संसारका जँड्याहा देश !

काठमाडौं, २८ पुस — विश्व स्वास्थ्य संगठनको तथ्यांक लिएर भाउचरक्लाउडले आफ्नै सर्वेक्षणमा आधारित रही संसारका सबभन्दा बढी जँड्याहा देशको सूची सार्वजनिक गरेको छ ।


सन् २०१० देखि २०१५ सम्मका सर्वेक्षणका परिणामलाई संकलन गरेर भाउचरक्लाउडले सूची सार्वजनिक गरेको हो ।

युरोपेली मुलुक मोल्दोभा जँड्याहाको सूचीमा प्रथम स्थानमा छ । त्यहाँका मान्छेले एक वर्षमा १७.४ लिटर रक्सी पिउँछन् । त्यो भनेको दिनको दुई बोतल रक्सी हो ।

मोल्दोभालीहरू सुंगुरको मासु पनि बेस्सरी खान्छन् ।

मोल्दोभापछि बेलारुस, लिथुआनिया, रुस, चेक गणतन्त्र, युक्रेन, अन्डोरा, रोमानिया, सर्बिया र अस्ट्रेलिया टप टेन जँड्याहा देश हुन् ।

बेलायत १७औं, फ्रान्स २०औं र अमेरिका ४९औं स्थानमा छन् ।

मुसलमानी देश पाकिस्तान, कुवेत तथा उत्तर अफ्रिका अनि पश्चिम एसियाका देशमा मदिरामा प्रतिबन्ध लगाइएकाले त्यहाँ जाँडको कम खपत हुन्छ ।

एजेन्सी बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell