Ruslan
Tata /sipradi
Sarbottam Cement

अर्थ विविध

अनलाइन मार्फत जलविद्युतमा लगानी गर्न चाहानेको ओइरो, दुई दिनमै डेढ अर्वको प्रतिवद्धता

काठमाडौं, २८ पुस — उर्जामन्त्रालयले जलविद्युतमा लगानी आह्वान गर्दै अनलानबाट प्रस्ताव मागेसँगै जलविद्युतमा लगानी गर्न चाहानेको ओइरो लागेको छ । सोमवारबाट गरिएको आह्वानमा बुधवार सम्म डेढ अर्व भन्दा बढीको लगानी प्रतिवद्धता आएको हो ।

उर्जा मन्त्रालयका अनुसार बुधवार १५ सय ५२ जनाले प्रतिवद्धा जनाएका छन् । बुधवार मात्रै २३ करोड ५६ लाखको प्रतिबद्धता आएको हो । हाल सम्म १८ हजार दुई सय ७ व्यक्तिगत आवेदकले प्रतिबद्धता जनाएका छन् । १६ कम्पनीले पनि प्रतिबद्धता जनाएको उर्जा मन्त्रालयले जनाएको छ ।

हाल सम्म एक अर्व ५६ करोड ९२ लाख ३२ हजार एक सय ३६ रुपैयाँको प्रतिबद्धता आएको हो । बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement