Nic Asia
cocacola

स्वास्थ्य

यो हो आँखाको दृष्टि बढाउने सरल उपाय

काठमाडौं, २६ असोज — तपाईं आँखाको दृष्टि बढाउनका लागि उपायहरू खोज्दै हुनुहुन्छ ? आँखा कमजोर छन् भने त्यसलाई बलियो बनाउनका लागि सरल र प्राकृतिक अभ्यासको खोजीमा हुनुहुन्छ ? यहाँ बताइएका उपाय अपनाउनुभयो भने तपाईंले चश्मा प्रयोग नगरिकनै दृष्टि बढाउन सक्नुहुन्छ ।



खासमा कुनै मांसपेशी प्रयोग गरिएन भने त्यो कमजोर हुँदै जान्छ । त्यसैले आँखाको मांसपेशीलाई पनि व्यायामको मौका दिनुपर्छ ।


आँखालाई लगातार काममा दिनभरि लगाइरहनु हुँदैन । प्रत्येक दुई घन्टामा केही मिनेटका लागि आँखा बन्द गर्नुस् ।
माथि दिइएको चित्र अनुसारको अभ्यास क्रमैसँग गर्नुस् ।

चश्मा लगाउनुहुन्छ भने लगाउने समय घटाउनुस् । चश्माले हाम्रो आँखाको प्रयासलाई प्रायः घटाउँछ । त्यसैले दृष्टि बढाउनका लागि सकेसम्म चश्मा खोल्नुस् ।

गाजरको जुस दिनदिनै सम्भव भएसम्म पिउनुस् । थप फाइदाका लागि तपाईंले जुसमा जैतूनको तेल पनि हाले हुन्छ । यसो गर्दा गाजरका पोषक तत्त्व तपाईंले सोस्न सक्नुहुुन्छ ।


माथि चित्रमा बताइएअनुसार आँखाको मालिश गर्नुस् । माझी औंलो र चोर औंलोले मालिश गर्नुहोला । मालिश गर्दा हल्का मात्र दबाब दिनुहोला ।

खुल्ला हावामा हिँड्दा टाढातिर दृष्टि फ्याँक्नुस् । आफ्नो खुट्टामा हेर्नुभन्दा परका कुरा हेर्नु ठीक हुन्छ ।

आँखालाई मनतातो पानीले धुनुस् । यसो गर्दा आँखाको थकाइ मेटिन्छ र तपाईं ताजा महसूस गर्नुहुन्छ ।

ल्यापटप वा टिभीमा घन्टौं नझुण्डिनुस् । राति सुत्नुअघि स्मार्टफोन नहेर्नुस् अनि राति निद्रा खुल्यो भने स्मार्टफोन हेर्न नथाल्नुस् ।

त्राटक गर्न थाल्नुस् । तर १२ देखि १५ मिनेटभन्दा बढी नगर्नुस् ।

एजेन्सीको सहयोगमा बिहिवार, आश्विन २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti