Nic Asia
cocacola

टिप्पणी

बेलायती आमनिर्वाचन : के होला प्रधानमन्त्री मेको भविष्य ?

काठमाडौं, २६ जेठ — बेलायतमा बिहीवार भएको आमनिर्वाचनमा सत्तारूढ कन्जर्भेटिभ पार्टीले बहुमत गुमाएपछि प्रधानमन्त्री टेरिजा मेको राजनीतिक भविष्यमाथि प्रश्न उठ्न थालेका छन् ।


उनले राजीनामा दिनुपर्ने माग उठ्दै गर्दा आफू सत्तामा रहिरहने र सरकार बनाउन कोशिश गर्ने उनी बताउँछिन् । सरकार बनाउने दाबीका साथ उनले रानी एलिजाबेथलाई पनि भेट्ने भएकी छन् ।

कन्जर्भेटिभ पार्टीले बहुमत गुमाएपनि सबभन्दा ठूलो दल भएको नाताले सरकार बनाउनका उसकै दाबी सर्वोपरि छ ।

तर मेलाई राजीनामा दिन चर्को दबाब छ । टोरी (कन्जर्भेटिभ) दलका धेरै सदस्यहरू मेप्रति असन्तुष्ट रहेको बताइएको छ । पूर्वमन्त्री आन्ना सूब्रीले मेलाई आफ्नो स्थितिमाथि विचार गर्न आह्वान गरेकी छन् । राजनीतिक भाषामा यो राजीनामाकै आह्वान हो ।

तर अन्य केही सदस्यले चाहिँ सावधानी अपनाउनुपर्ने, विचारविमर्श गर्नुपर्ने र शान्त हुनुपर्ने बताएका छन् । जे भएपनि टोरी पार्टीले उनलाई अर्को आमनिर्वाचनसम्म नेतृत्व दिन अनुमति नदिने प्रस्ट छ ।

यो आमनिर्वाचनका बारेमा प्रमुख दलले पूर्वानुमान नगरेकाले मेले राजीनामा दिनु नपर्ने आवाज पनि उठेका छन् ।

बेलायतलाई युरोपेली संघबाट बहिर्गमन गराउने जनमत संग्रहको जुवा खेलेर पूर्वप्रधानमन्त्री डेभिड क्यामरोनले आफ्नो करीयर नै धरापमा पारेजस्तै टेरिजा मेले अनावश्यक रूपमा आमनिर्वाचनको आह्वान गरिन् । उनको करीयर पनि लगभग त्यसैगरी अन्त्य हुने लक्षण देखिँदैछ ।

आफूलाई प्रस्ट बहुमतसहितको कार्यादेश आएमा ब्रेक्सिटको सम्झौता सजिलो गरी हुने मेको अनुमान पूर्ण गलत भयो र उनले गठबन्धनको राजनीतिमा अल्झिनुपर्ने भयो ।

हुन त निर्वाचन आह्वान गरेताका मेले लेबर पार्टीविरुद्ध ठूलो अग्रता हासिल गरेको ओपिनियन पोलहरू सार्वजनिक भएका थिए तर उनको रद्दी अभियान र लेबर पार्टीको पुनरागमनले कन्जर्भेटिभहरूका आशा तुहाइदिएको छ ।

टेरिजा मेले बलियो र स्थिर नेतृत्व दिने प्रतिज्ञा गरेको भएपनि उनको राजनीतिक भविष्य अन्धकारमय नै छ ।

लउरा कुएन्सबर्गको विश्लेषण, बीबीसी

शुक्रवार, जेठ २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti

ताजा समाचार