ntc

उपभाेक्ता

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय साहसिक तथा पर्वतीय सम्मेलन हुँदै

काठमाडौं, ६ पुस –नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय साहसिक तथा पर्वतीय सम्मेलन तथा प्रदर्शनी हुने भएको छ । सम्मेलन ‘हाउस अफ राजकर्णिकार’ को आयोजनामा आगामी मार्च ३१ देखि अप्रिल २ तारिकमा काठमाडौंमा आयोजना गरिने भएको हो ।

पर्वतीय तथा साहसिक पर्यटनका अन्तर्राष्ट्रिय आयामलाई समेट्ने गरी सम्मेलन आयोजना गर्न लागिएको आयोजकले दावी गरेको छ । पर्वतीय तथा साहसिक पर्यटनका लागि आवश्यक वस्तु, सेवा, सूचना लगायतको विनिमयका लागि सम्मेलन महत्वपूर्ण हुने हाउस अफ राजकर्णिकारका प्रवन्ध निर्देशक विरेन्द्र राजकर्णिकारले बताए ।

२०७२ सालको विनाशकारी भूकम्पका कारण थिलथिलो बनेको नेपालको पर्यटन प्रवद्र्वनमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।

साहसिक खेल, साहसिक पर्यटन र वातावरणीय परिपेक्ष्यमा साहसिक गतिविधि गरी तीन समानान्तर आयाममा उक्त सम्मेलन केन्द्रीत हुने आयोजकले बताएको छ ।

बाह्य तथा साहसिक खेलप्रेमी, एथलेट्स, साहसिक पर्यटन सञ्चालक, साहसिक तथा पर्वतीय पर्यटन क्षेत्रका व्यक्ति तथा संस्था, व्यापारी, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन् ।

साहसिक तथा पर्वतीय प्रदर्शनीमा साहसिक पर्यटन सेवा, साहसिक खेलका उपकरण, माउन्टेन बाइक, प्यारासुट, प्यारा ग्लाइडर, स्काइज, स्केटबोर्ड लगायतको वस्तुहरू रहनेछन् ।

सर्फबोर्ड, माउन्टेनियरिङ हार्निसेस, बाहसिक स्पोट्सवेर, टेन्ट स्लिपिङ ब्याग, रुकस्याक, क्याम्प किचन प्रोडक्ट लगायतका वस्तु पनि प्रदर्शनीमा राखिनेछ । बुधवार, पौष ६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam