जीवनशैली : स्वास्थ्य

गर्भवती हुँदा यी चीजबाट बच्नुस्

काठमाडौं – गर्भवती हुँदा महिलाको स्वास्थ्य एकदमै कमजोर हुन पुग्छ । यस्तोबेलामा धेरै कुरामा ध्यान पु–याउनु जरूरी हुन्छ ।


सौन्दर्य प्रसाधन

ब्युटी प्रोडक्ट्स (सौन्दर्य प्रसाधन) ले सुन्दरता त निखार्लान् तर गर्भवती अवस्थामा स्वास्थ्यका लागि हानिकारक हुन्छन् । यिनमा भएका रासायनिक तत्वका कारण आमा र गर्भमा भएको बच्चालाई खराब हुन्छ । गर्भवती महिलाले रासायनिक पदार्थ प्रयोग गर्नु उचित हुन्न ।

पर्फ्युम
पर्फ्युम वा सुगन्धमा ११० थरी केमिकल हुन्छन् । गर्भवती हुँदा यसको प्रयोग नगर्नु नै उचित हुन्छ । यसले एलर्जी गराउँछ । छालामा डल्ला र दागधब्बा उत्पन्न हुनु यसका साइडइफेक्ट्स हुन् ।

लिपस्टिक
लिपस्टिकमा पारो वा लेडको मात्रा धेरै हुन्छ । ब्रान्डेड लिपस्टिक त बरू ठीकै हुन्छ तर सस्तो लिपस्टिकमा थुप्रो लेड हुन्छ । चिया पिउँदा यो लेड शरीरमा छिर्छ । दिनदिनै लेड पेटमा पुग्दा आमा र बच्चा दुवैलाई नोक्सानी हुन्छ ।

कपाल रंगाउने
कपाल रंगाउने उत्पादनहरूमा ठूलो मात्रामा कृत्रिम रंगको प्रयोग गरिएको हुन्छ । यिनमा विद्यमान रसायनबाट कारण अनेक किसिमका एलर्जी हुन्छन् । गर्भवती भएका बेला कपाल नरंगाउनुस् ।

बुढ्यौली रोक्ने क्रीम
बुढ्यौली रोक्ने एन्टी एजिङ क्रीम त गर्भवती भएका बेला पटक्कै प्रयोग गर्नु हुँदैन । यस्तो क्रीममा रेटिनोल नामक पदार्थ हुन्छ जसले चिलाउने, डल्ला उठ्ने र दागधब्बा बनाउने काम गर्छ । अनेकथरी छाला समस्या यसले निम्त्याउँछ । यसका कारण सनबर्न हुन सक्छ ।

श्याम्पू
श्याम्पूमा सोडियम सल्फेट हुन्छ । गर्भवती भएका बेलामा यसले सत्यानाश गर्छ । छाला चिलाउने र टाउको दुख्ने समेत हुन सक्छ यसबाट ।

नवभारत टाइम्स माघ २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस