ntc

उपभाेक्ता

कृषिमा विदेशी लगानीप्रति किसान संगठनको विरोध

 

लोकान्तर संवाददाता
काठमाडौं, ६ मंसिर –कृषिमा विदेशी लगानीविरूद्व किसान संगठनहरूले विरोध जनाएका छन् । विदेशी लगानी सम्वन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक –२०७३ मन्त्रिपरिषद् बैठकबाट पारित गर्न लागिएको भन्दै विभिन्न राजनीतिक दलनिकट किसान संगठनहरूले आपत्ति प्रकट गरेका हुन् ।

press
कृषि क्षेत्रमासमेत प्रत्यक्ष वैदेशिक लगानीको व्यवस्था गरेको उक्त विधेयकप्रति ती संगठनहरूले विरोध जनाएका हुन् । उक्त विधेयक संसदबाट तत्काल फिर्ता नगरे सबै किसानलाई सडकमा उतार्ने चेतावनीसमेत ती संगठनहरूले दिएका छन् ।

प्रमुख राजनीतिक दलनिकट किसान संगठनहरूको छाता संगठन राष्टिय किसान संञ्जाल नेपाल सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएको हो ।

२० वर्षे दीर्धकालिन कृषि रणनीति (एडिएस)मा उल्लेखित प्रावधानविपरित र आम नेपाली किसानको चाहनाविरूद्व सरकारले षडयन्त्रपूर्वक ऐन ल्याउन लागेको ती संगठनको आरोप छ ।

उक्त विधेयक ऐन पारित भएा नेपाली किसान, सहकारी, साना तथा मझौला उद्यमी तथा व्यवसायीहरू धरासायी हुने सञ्जालको दावी छ ।

उक्त प्रावधानले राष्टिय अर्थतन्त्रमा वहुराष्ट्रिय निगम र विदेशी पूँजीको दबदबा कायम रही मुलुकको अर्थतन्त्र थप परनिर्भर सञ्जालको ठहर छ ।

उक्त विधेयक तत्काल फिर्ता गर्नुपर्ने सञ्जालको माग छ ।

किसान सञ्जालका सदस्य बलराम वास्कोटाले नेपाली किसानको लामो समयदेखिको अडान विपरित कुखुरापालन, मौरीपालन वा माछापालन उद्योग तथा जमिनको मूल्यवाहेक २० करोड रुपैयाँ भन्दा बढी लगानी हुने कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरूमा विदेशी लगानी भित्र्याउने प्रावधान (अनुसूची ३ दफा ७ र ८) गतल र आम किसानविरोधी भएको बताए । उक्त प्रावधानले साना तथा मध्यम किसानमात्र नभएर व्यवसायिक किसान र व्यवसायी सबैलाई व्यवसायबाट विस्थापित बनाउने उनको भनाइ छ ।

सञ्जालका अध्यक्ष चित्रबहादुर केसीले सरकारले उल्लेखित माग वेवास्ता गरिए आफूहरू आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

सञ्जालका अध्यक्ष तथा अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र) का चित्रवहादुर श्रेष्ठ, नेपाल किसान संघकी उपसभापति वसन्ती घिमिरे, अखिल नेपाल किसान महासंघका महसचिव वलराम वास्कोटा राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीलगायत विभिन्न १० वटा संगठनले संयुक्त विधेयक फिर्ता लिन माग गरेका छन् ।

शुक्रवार, मंसिर १७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam