Ruslan
Tata /sipradi
Nic Asia

उपभाेक्ता

धेरै दबाबमा काम गर्ने मान्छेहरू बुद्धिमान् हुन्छन् : अध्ययन

काठमाडौं, ११ पुस — ज्यादा दबाबमा काम गर्नु स्वास्थ्यका लागि राम्रो होइन भनी सबैले मान्छन् । तर एक नयाँ अध्ययनले दबाबमा काम गर्दा शारीरिक र मानसिक फाइदा हुने बताएको छ ।


लन्डन विश्वविद्यालयले गरेको एक नयाँ अध्ययन अनुसार स्ट्रेसमा काम गर्ने मान्छेलाई छिटो काम गर्ने बानी लाग्छ । दबाबका कारण मानिसभित्र रहेका समस्याको समाधान निकाल्ने गुणको विकास हुन्छ ।

यस्तो मान्छेले छिटो निर्णय लिन सक्छ र जोखिम मोल्ने आँट पनि बढाउँछ ।

बिजनेस स्कूलका एक हजार विद्यार्थीमाथि यो अध्ययन गरिएको थियो । उनीहरूलाई एक समय तय गरेर काम गर्न दिइएको थियो ।

अनुसन्धानकर्ताहरूले दबाबमा काम गर्नु मानव स्वास्थ्यका लागि लाभदायक रहेको बताए ।

एजेन्सी सोमवार, पौष ११, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing