shivam
Nerolac and Nepal life

उपभाेक्ता

काठमाडौँको गोकर्णेश्वरमा आगलागी, ४५ वटा गाई मरे, ७० गाई घाइते

काठमाडौँ, ३ असार । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा ४५ गाई मरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

आज बिहान करिब ११ बजे विद्युतसर्ट भई लागेको सो आगलागीमा परेर ७० गाई घाइते भएका छन् । नेपाल प्रहरी र स्थानीयबासीले दुई वटा दमकलको सहयोगमा अपराह्न १ बजे आगो नियन्त्रणमा लिएका थिए ।

प्रहरीका अनुसार आगलागीबाट १० टन दाना, एक थान जेनेरेटर र गाई बस्ने टहरामा क्षति पुगेको छ । फार्ममा ७५ दुहुनो, २२ ब्याउने र बाच्छाबाच्छी गरी १२२ गाई थिए । घाइते गाईको उपचार भइरहेको छ ।
 
शनिवार, आषाढ ३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota