Nic Asia
cocacola

उपभाेक्ता

एनसेलले आगामी ७ महिनाभित्रै १५ प्रतिशत जनसंख्यामा फोरजी सेवा पु र्‍याउने


काठमाडौं, ५ असार –एनसेलले आगामी सात महिनाभित्रमा मुलुकका १५ प्रतिशत जनसंख्यालाई (इन्टरनेट सेवाको चौथो पुस्ता) फोरजी सेवा विस्तार गर्ने जानकारी दिएको छ । केही समयअघि फोरजी सेवा सञ्चालनका लागि सरकारबाट अनुमति पाएपछि एनसेलले आक्रामक सेवा विस्तारको योजना सार्वजनिक गरेको हो ।

आफ्नो कार्ययोजना अनुसार एनसेलले आगामी सात महिना भित्र अर्थात २०१७ को अन्त्य सम्ममा देशका १५ प्रमुख सहरहरूमा फोरजीे सेवा संचालनमा ल्याउने जनाएको छ । कम्पनीका अनुसार २०१८ भित्र ४० शहरहरूमा सेवा विस्तारका लागि परिक्षण लगायत न्य आन्तरिक तयारी भइरहेको कम्पनीले जनाएको छ ।

प्रविधि तटस्थता अन्र्तगत फोरजी सेवाको अनुमति पाएपछि एनसेलले जेठ १८ देखि काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवा सुरु गरिसकेको छ । आगामी असार १७ गतेदेखि पोखरामा पनि फोरजी सेवा संचालनमा ल्याउने कम्पनीले बताएको छ । सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti

ताजा समाचार