ntc

उपभाेक्ता

सिटी एक्सप्रेसको ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’

image001पुष २१, काठमाडौं - दशैँ तिहार र छठको अवसरमा सिटी एक्सप्रेसले नेपाली उपभोक्ताहरुलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’ उपहार योजनाको भाग्यशाली बम्पर उपहार विजेता घोषणा गरेको छ ।
सोही योजना अन्तर्गत १२ जना साप्ताहिक बिजेताहरुले १२ थान ३२ इन्च एल.इ.डी टेलिभिजन प्राप्त गरीसक्नु भएको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै बम्पर उपहार योजनाको विजेता बिद्युतिय गोला प्रथा मार्फत छनौट गरेको हो ।
बम्पर उपहारको विजेताका रुपमा महोत्तरी स्थित लक्ष्मीनिया–७ निवासीे श्री सन्दिलिप कुमार महतो छनोट हुनु भएको छ ।
उहाँले कम्पनीको तर्फबाट काठमाडौं उपत्यकामा ४ आना घडेरी जित्न सफल हुनु भएको छ । यो योजनासंग सम्बन्धीत आफ्ना समस्त गा्रहकहरुलाई सिटी एक्सप्रेस मनी ट्रान्सफर परिवारकोतर्फबाट हार्दिक धन्यबाद ज्ञापन गरेको छ ।
कम्पनीद्वारा सञ्चालित उपहार योजनाको विजेताको घोषणा संग–सँगै कम्पनीले नयाँ लोगोपनि प्रयोजनमा ल्याएको जानकारी दिइएको छ ।
कम्पनीले समयसँगै उपलब्ध गराउन थालेका विविध सेवा तथा सुविधामा ल्याएको परिस्कृतिकरण र बृहत सुविधा लगायत कारणलाई दृष्टिगत गर्दै नयाँ लोगो सञ्चालनमा ल्याएको जानकारी दिएको छ । बिहिवार, पौष २१, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam