छापामा

डा.केसीको मुटु कुनै पनि बेला बन्द हुनसक्ने खतरा

काठमाडौँ, २९ साउन- अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्याहारमा संलग्न चिकित्सकले डा. केसीलाई कुनै पनि समय मुटु अचानक बन्द हुन सक्ने समस्या आउँने वा संक्रमण हुनसक्ने सम्भावना औंल्याएका छन् ।govinda

त्रिवि शिक्षण अस्पताल हातामा उनले जारी राखेको आमरण अनसन शनिबार २० औं दिनमा पुगेपछि उनको उनको स्वास्थ्य स्याहारमा संलग्न चिकित्सकहरुले शनिबार यस्तो खतरा औंल्याएको खबर कान्तिपुरमा छ ।

उनको उपचारमा संलग्न प्रा. डा. प्रदीपकृष्ण श्रेष्ठका अनुसार डा. केसीको स्वास्थ्य निरन्तर खस्कदो छ र उनलाई जतिबेला पनि मुटु बन्द हुने समस्या (कार्डियाक अरेस्ट) हुनसक्छ ।

डा. केसी निरन्तर अक्सिजनको सहायतामा छन् भने रगतमा सेतो रक्तकणको संख्या पनि घटदो छ ।

उनमा निरन्तर मांशपेशी दुख्ने , टाउको हलुङ्गो लाग्ने, छाति गह्रौ हुने र रिंगटा लाग्ने समस्या देखिएको छ ।

उनको शरीरको रक्तचाप र अक्सिजनको स्तर समेत निकै तल छ । उनको मुटुको चाल कहिलेकाही दुई सय भन्दा बढी पटकसमेत हुने गरेको छ । साउन २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस