छापामा

सप्तकोसी ब्यारेजमा पानीको बहाव उच्च, भारतले ढोका खोलेन

काठमाडौँ, २९ साउन- सप्तकोसी नदीमा पानीको बहाव खतराभन्दा धेरै माथि हुँदा पनि शनिबार रातिसम्म भारतले ढोका खोलेको छैन । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई टेलिफोन गरेर कोसी ब्यारेजका सबै ढोका खोल्न आग्रह गरेका थिए । दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख भरत रेग्मीले पनि भारतीय विदेश मन्त्रालयका अधिकारीसग सोही आग्रह गरेका थिए ।koshi


‘परराष्ट्रमन्त्रीज्यूले भारतीय राजदूतलाई नेपालको चासो स्पष्ट रूपमा राख्नुभएको छ, भारतले सहयोग गर्ने आश्वासन दिएको छ,’ महराका प्रेस संयोजक हरि लामिछानेले भने । भारतीय दूतावासले भारततर्फ सबै ढोका खुला भएको दाबी गरेको छ । तर, शनिबार राति अबेरसम्म पनि भारतबाट कोसी बा“धका ढोका खोलेको थिएन, नयाँ पत्रिकामा खबर छ । साउन २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस