उपभाेक्ता

बिहे हुन सकेको छैन ? यो मन्दिरमा पूजा गरेपछि हुन्छ कि ?

काठमाडौं — तपाईं बिहे हुन नसकेर हैरान हुनुहुन्छ भने एउटा खुशीको खबर आएको छ । भारतको आन्ध्र प्रदेशमा रहेको श्रीकालाहस्ती मन्दिरमा दर्शन गर्नुभयो भने तपाईं छिट्टै बिहा हुन्छ ।srikalahasti-top-img
यस मन्दिरमा २४ हजार रुपैयाँ तिरेर पूजा गर्नुभयो भने आफूले चाहेको जस्तो जीवनसाथी पाउनुुहुन्छ भनी यहाँका पुजारीहरूको दाबी छ । यो नागप्रतिष्ठा पूजा हो जसलाई सुसम्पन्न गरेपछि वैवाहिक योगका समस्त बाधा हटेर जान्छन् ।
त्यसैगरी आन्ध्र प्रदेशकै तिरुमाला मन्दिरमा पूजा गर्दा भिसा लाग्छ । विदेश जानका लागि भिसा पाइयोस् भनी कामना गर्ने मान्छेले यहाँ आएर दर्शन गर्छन् ।
मनोकामना पूर्तिका लागि यी मन्दिरहरूको १०८ चोटि परिक्रमा गर्नुपर्छ । यो मन्दिरमा पूजा गर्नका लागि प्रतिमहिना पाँचदेखि ६ लाख मान्छे आउने गरेका छन् । पुस २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस