Nic Asia
cocacola

उपभाेक्ता

अब अनलाइनबाटै जलविद्युतमा सेयर लगानी, मन्त्रीले गरे उद्घाटन

लोकान्तर संवाददाता
काठमाडौं, २५ पुस –सरकारले जलविद्युतमा शेयर लगानी गर्न चाहनेका लागि प्रक्रियामा सहजीकरण गरेको छ । सोमबारदेखि जलविद्युतमा लगानी गर्न चाहनेले अनलाइनबाटै फारम भर्न सक्ने व्यवस्था सरकारले गरेको छ ।
उर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उर्जामन्त्री जनार्दन शर्माले अनलाइनबाटै जलविद्युतका लागि शेयर आवेदन दिन मिल्ने वेवसाइटको उद्घाटन गरे ।

सरकारले जनताकै लगानीमा जलविद्युत आयोजना सम्पन्न गर्नेगरी प्रक्रिया अघि बढाएको थियो ।

जलविद्युतमा शेयर लगानीका लागि इच्छुक नेपाली नागरिकले वेवसाइटमा उपलब्ध फारममा क्रमवद्व भर्दै जानुपर्नेछ । www.moenonline.moen.np मा लग इन गरेर फारम भर्न सकिनेछ ।

विजुली उत्पादनका लागि नेपाली जनताको लगानी र प्रतिफलको सुनिश्चितताका लागि मन्त्रालयले प्रयास गरिरहेको मन्त्रालयको ठहर छ ।
सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti