ntc

उपभाेक्ता

३२ बिजुली चोर पक्राउ

गौशाला, २८ मङ्सिर –महोत्तरी प्रहरीले मंगलवार जिल्लाका विभिन्न स्थानबाट ३२ विद्युत् चोरलाई पक्राउ गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ती विद्युत चोरलाई पक्राउ गरेको हो ।

प्रहरीले प्राधिरकणका कर्मचारीको सहकार्यमा जिल्लाका धिरापुर, एकरहिया, पिपरा, मटिहानी, सोनौल, हतिसर्वा, मेघनाथ गोरहन्ना, गौशाला नगरपालिका क्षेत्र र जलेश्वर नगरपालिका १५ र १६ लगायत स्थानबाट विद्युत् चोरीमा संलग्न रहेका उनिहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले एक प्रगति विवरण प्रस्तुत गर्दै जानकारी गराएको हो ।

जिल्लामा भइरहेको विद्युत् चोरीलाई नियन्त्रण गर्न प्राधिकरणले चलाएको अभियान अन्तर्गत उनीहरुबाट रक लाख ६० हजार रुपैयाँ जरिवाना समेत बरामद गरिएको प्रहरी निरीक्षक रवीन्द्र खनालले बताए ।

यसअघि ७२ जनालाई प्राधिकरणले पक्राउ गरिसकेको छ ।

महोत्तरीमा ४२ हजार मिटरधारी विद्युत् उपभोक्ता रहेको बताइएको छ । करिब १० हजार व्यक्तिले विद्युत् चोरी गरेर उपभोग गरिरहेको विद्युत् कार्यालयका प्रमुख सूर्यनारायण मण्डलले आरोप लगाए ।
मंगलवार, मंसिर २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam