उपभाेक्ता

जेडटिईले ल्यायो वार्म विन्टर अफर

लोकान्तर संवाददाता
काठमाडठौं, ५ पुस –चर्चित चिनियाँ स्मार्टफोन कम्पनी जेडटिईले नेपाली मोबाइल खरिदकर्तालाई लक्षित गरेर ‘वार्म विन्टर अफर’ सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको अफर अन्तर्गत मोबाइल खरिदकर्ताले कार्ड स्क्र्याच गरेर सियोर सट (पक्का)उपहार प्राप्त गर्न सक्नेछन ।

अफर अन्तर्गत खरिदकर्ताले बाल्ट्राको हिटर, थर्मस, इलेक्ट्रीक केटल, २६०० एमएएचको पावर बैँक, सेल्फी स्टीक, १०००० एमएएचको पावर बैँक र नगद उपहार पाउन सक्ने जेडटिईले जनाएको छ ।

नेपाली बजारमा प्रवेश गरेको छोटो समयमा नै ठूलो बजार हिस्सा लिन सफल भएको कम्पनीको दावी छ । जेडटिइ ब्लेड एस ६, एस सेभेन र भि सेभेन लाइट मोडलका स्मार्टफोनहरू जेडटिईका कम मूल्यका आकर्षक स्मार्टफोनहरू हुन ।

जेडटिइ एक्जोन सेरिजमा एक्जोन इ लाइट र एक्जोन मिनिमोडलहरू हाल बजारमा उपलब्ध छन् । १३ मेगापिक्सलको ड्युल क्यामेरा रहेको एक्जोन इलाइटमा ३ जिबीको र्याम रहेको छ । स्नापड्रागन ८१०, २ गिगाह्ट्ज अक्टाकोर प्रोसेसर रहेको यसको मूल्य ३३ हजार ९ सय रुपैयाँ छ । यो लगायत आधा दर्जन आकर्षक सेटहरू नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

‘यो अफर आउँदै गरेको क्रिशमस र अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर ल्याइएको हो,’ इभोलुसन इन्टरप्राइजेजका बजार प्रवन्धक विशाल आचार्यले भने, तर यो अफरलाई जाडो महिनाभरी नै निरन्तरता दिइनेछ ।’
पुस ५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस