Nic Asia
cocacola

उपभाेक्ता

शिवम सिमेन्टको क्वालीटीको मामलामा नो कम्परमाइज

काठमाडौं, ६ पुस — शिवम सिमेन्टले क्वालीटीको मामलामा नो कम्परमाइज अभियान सुरु गरेको छ । शिवम सिमेन्टले आफ्नो नयाँ प्रतिबद्धता क्वालीटीको मामलामा नो कम्परमाइज अभियान सुरु गरेको हो ।

उक्त अभियानको प्रारम्भिक चरणमा ३ दिनका लागि दैनिक विहान देखि बेलुका सम्म नेपालको विभिन्न शहरहरु काठमाडौं, हेटौडा, पोखरा, नारायणगढ र जनकपुर लगायततका शहरका चोकहरुमा प्लेकार्ड बोकेका मानिसहको बाक्लो उपस्थित रहेको थियो ।
यसरी सार्वजनिक स्थानहरुमा सन्देशमूलक कार्डको सहायताले मानिसहरुमा जनचेतना वृद्धि गराई आफुहरुले कस्तो कुरामा सम्झौता गर्नु हुन्छ र कस्तो कुरामा सम्झौता गर्नु हुँदैन भन्ने कुराको बारेमा चेतनाको स्तर बढाई नेपाली समाजलाई केहि परिर्वतन ल्याउन सकिने दाबी कम्पनीको रहेको छ ।
उक्त अभियानमा विभिन्न मानिसहरुले आ–आफ्नो क्षेत्रको महत्वपूर्ण पक्षहरुमा आफ्नो लक्ष्य, कर्तव्य, सिद्धान्त, अस्तित्व तथा अधिकारको मामलामा सम्झौता नगरेका उदाहरणहरु प्रस्तुत गर्दै शिवम्सिमेन्टले क्वालीटीको मामला कुनै सम्झौता नगर्ने सन्देश आम उपभोक्ता माझ प्रस्तुत गरेको छ ।

साथै यस अभियान मार्पmत सधैँ क्वालीटीलाई प्राथमिकतामा राख्ने शिवम् सिमेन्टले अरुलाई पनि आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण पक्षहरुमा सम्झौता नगर्ने सन्देश दिँदै सम्पूर्ण ग्राहकहरुलाई सचेत गराउने प्रयास गरिएकोकम्पनीले जनाएको छ ।

स्थानको छनोटमा हस्पिटलको एरियामा स्वास्थ्यको मामलामा, धार्मिक स्थलहरुको परिसरमा आस्थाको मामला मा, सडकका मूख्य चोकमा सडक अनुशासनको मामला मा, लगाएत परिवारको खुशीको मामला मा, फिट्नेस् को मामलामा, मनोरञ्जनको मामला मा, बचतको मामला मा जस्ता विभिन्न कुराहरुमा नो कम्परमाइज लेखेका प्लेकार्डहरु बोकिएको थियो । बुधवार, पौष ६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti