उत्तर कोरिया र भारतको घेराबन्दीमा चीन !

काठमाडौं, २२ असार– उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ र जापाको क्षेत्रमा पहिलोपटक खसेको छ । यसबाट एक ठूलो परिवर्तन आएको छ ।

पहिला चीनको उत्तर कोरियामाथि नियन्त्रण रहेको मानिन्थ्यो । तर अहिले उत्तरमाथि कसैको नियन्त्रण नरहेको देखिएको छ ।

पटक पटक यो प्रश्न उठ्ने गरेको छ की ती देशमाथि कसैको नियन्त्रण छ कि छैन ? जसमा यसअघि चीनको नियन्त्रण रेहेको मानिन्थ्यो ।

एक समयमा बर्मा चीनको हातमा थियो तर अब उसले चीनलाइ मान्ने गरेको छैन । भोलि पाकिस्तानले पनि उसको कुरा नसुन्न सक्छ । अब चीनको हट्दै गएको दबदबाबाट ठूलो प्रश्न चिह्न उठेको छ भने चीन ठूलो दबाबमा पनि परेको छ ।

उता अमेरिकी राष्ट्रपति ट्रम्प अमेरिकामा चीनले केही नगरेको भनिरहेका छन् ।

यसको पनि संभावना छ कि उत्तर कोरिया विरुद्ध जापानले कुनै कदम उठाओस् । चीनले यदी उत्तरमाथि कुनै कारवाही गरेको खण्डमा उसको व्यवहार कस्तो हुन्छ भन्नेमा चिन्तित छ ।

उत्तर कोरिया विरुद्ध त उ जान सक्दैन किनकी उ चीनको पुरानो मित्र हो । उत्तरलाई सैन्य र हतियार सहायत पनि चीनले उपलव्ध गराएको थियो । त्यसैले मानिसहरुले चीन तानाशाह सरकारको पक्षमा रहने बताउने गरेका छन् ।

प्रश्न यो उठ्छ की चीन उत्तर कोरियाका कारण समस्यामा परिरहेको बेलामा भारतसँग सम्बन्ध विगार्न चाहन्छ ?

चीन को नजर अहिले पूर्णरुपमा उत्तर कोरियामाथि छ । जी ८ को मिटिङमा उत्तर कोरियाको मुद्दा उठ्ने छ ।
कुमार चौलागाई
कुमार चौलागाई

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्