संसद बैठक सूचना टाँसेर पौष ४ गते सम्मका लागि स्थगित

काठमाडौं ३० मंसिर - दलहरुबीच सहमतिको प्रयास जारी रहेको भन्दै बिहीवारका लागि बोलाइएको व्यबस्थापिका संसदको बैठक सूचना टाँसेर पौष ४ गते सोमबार सम्मका लागि स्थगित गरिएको छ ।
दलहरुबीच सहमतिको प्रयास जारी रहेकोले त्यसैलाइ मद्दत पु¥याउन भन्दै संसदको बैठक बस्दै नबसी सूचना मार्फत स्थगित गरिएको हो ।
दलहरुबीच संसद गतिरोध अन्त्य गर्न छलफल भइरहेको र दलहरुको आग्रहमा संसदको बैठक सूचना मार्फत स्थगित गरिएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले लोकान्तरलाई बताए । यसअघि प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई स्थगन गरेर निर्वाचन कानून पारित गर्ने सहमति भएको थियो ।
संसदमा जारी अबरोध हटाउन संशोधन विधेयक फिर्ता लिनुपर्ने नेकपा एमाले लगायत विपक्षी दलको अडानका कारण बिहिवारकोे बैठक सूचना मार्फत स्थगित गरिएको हो । सरकारले संसदमा संशोधन गराएको संशोधन विधेयक फिर्ताको मागगर्दै विपक्षी दलले यसअघि पाँच पटकसम्म ससद अबरुद्ध गरेका थिए । त्यसअघि बिहान बसेको संसदको कार्यव्यबस्था समितिको बैठकमा सत्तापक्षले संसद अबरोध नगर्न आग्रह गरेका थिए ।
तीन साता देखिको संसद गतिरोधका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख बिरुद्धको महाभियोय प्रस्ताव अलपत्र परेको छ ।

Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्