शशांकका प्रतिस्पर्धी भन्छन् - उहाँ बूढो हुनुभयो, अब युवालाई पालो दिनुपर्छ

शशांकका प्रतिस्पर्धी भन्छन् - उहाँ बूढो हुनुभयो, अब युवालाई पालो दिनुपर्छ

काठमाडौं, ११ मंसिर - दोस्रो चरणाको चुनावमा चासोका साथ हेरिएको क्षेत्र हो पूर्वी नवलपरासी । जहाँ नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालार्इ वाम गठवन्धनका भवेश्वर पराजुलीले चुनाैती दिने अाकलन गरिएको छ । 

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका भवेश्वर पराजुलीले यसपटकको निर्वाचनमा आफूले नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई हराउने दाबी गरे । लोकान्तरसँगको कुराकानीमा पराजुलीले अाफ्नो जीतलार्इ कोइरालाले रोक्न नसक्ने दाबी गरेका हुन् । कोइराला उमेरमा पनि बृद्ध भइसकेको र नवलपुरको विकासमा खासै योगदान नगरेकोले अहिले यहाँका जनताले आफूलाई सहयोग गर्ने उनले दावी गरे ।

उनले जनताको पक्षमा काम गर्ने र काम गर्दै आएको व्यक्तिलाई भोट दिने बताए । माअाेवादी नेता पराजीलीले अहिले गठबन्धन  बनेकाे, नवलपुरमा पाहुना उम्मेदवारलाई भन्दा पनि स्थानीय उम्मेदवारलाई जिताउनुपर्छ भन्ने भावना जागेको र जनताको भावना सम्बोधन गर्नेलाई भोट दिनुपर्छ भन्ने भावना विकास भएकोले आफूले चुनाव बताए ।

उनले यो आँट माफ्नो मात्रै नभएर जनताको आँट भएको बताए । विरासत जोगाउन मात्रै होइन समस्याहरुको समाधानको लागि मतदाताले मतदान गर्ने उनको भनाई छ ।

साथै उनले नवलपुरको विकासको लागि कोइरालाले युवाहरुलाई अवसर दिनुपर्ने र सहयोग गर्नुपर्ने बताए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्

X