मंसिर ३, २०८०
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
यतिबेला कोरोना भाइरसबाट जोगिन सरकारले लकडाउन गरेको छ । लकडाउनको आज २०औँ दिन । यसबाट सबैभन्दा बढी प्रभावित हुनेमा खेलाडी र प्रशिक्षकसमेत हुन् । कुनै पनि खेलमा राम्रो नतिजा ल्याउन प्रशिक्षणमा नै बढी जोड दिनुपर्ने हुन्छ । प्रशिक्षकले खेलाडीलाई बढीभन्दा बढी अभ्यासमा संलग्न गराउनुपर्छ । यदि यस्तो हुन सकेन भने प्रशिक्षक र खेलाडी दुवैले खेलबाट सफलता प्राप्त गर्न सक्दैनन् ।
परिस्थिति पहिलाको जस्तो छैन । अहिले कोरोना भाइरसका कारण अरु नागरिकसरह प्रशिक्षक र खेलाडी पनि घरमै कैद छन् । यसको दीर्घकालीन असर पर्न सक्ने खतरातर्फ सचेत गर्दै हरेक खेलका प्रशिक्षकले आफ्ना खेलाडीलाई घरमै व्यायाम र खानपिनमा ध्यान दिन सचेत गराउँदै आएका छन् । “मनलाग्दी ढङ्गले खाएपछि ठूलो असर गर्छ”, राष्ट्रिय भलिबलका प्रशिक्षक जगदीशप्रसाद भट्ट भन्नुहुन्छ, “प्रत्येक खेलाडीले व्यायाम र खानपिनमा ध्यान दिनैपर्छ, यसो गर्न नसके धेरै हानी व्यहोर्नुपर्ने हुन्छ ।”
लकडाउन शुरु हुन केही दिनअघि मात्र महेन्द्रनगर घर फर्कनुभएका प्रशिक्षक भट्ट घरमै बसेर आफ्ना खेलाडीसित सम्पर्कमा रहनुभएको छ । उनले अधिकांश समय खेलाडीलाई सचेत गराउन सामाजिक सञ्जालको प्रयोग गर्दै आएका छन् । 'म देशभरका भलिबल खेलाडीलाई सधैँ सचेत गराउँदै आएको छु”, एशियन सेन्ट्रल जोन महिला भलिबलमा पहिलोपटक स्वर्ण पदक दिलाउनुभएका उनले फोनमा कुरा गर्दै भने, “खेलाडीले घरभित्रै वा आँगनमा भए पनि व्यायाम गर्नैपर्छ ।' व्यायाम र खानपिनमा ध्यान नदिए खेलमा दीर्घकालीन असर पर्नेबारे उनले खेलाडीलाई सचेत गराउँदै आएका छन्। दुई दशकदेखि उनी आफैँ पनि घरमा छोरीहरुका साथ नियमित व्यायाम र भलिबल खेल्दै आएका छन् ।
कैलालीको टीकापुर घर भएका क्रिकेट प्रशिक्षक जगत टमाटा लकडाउनका कारण काठमाडौँमै थन्किनुभयो । छोरा र भान्जाका साथमा बस्दै आउनुभएका उनी पनि नियमितरूपमा खेलाडीको सम्पर्कमा रहनुभएको छ । यसका लागि उनले पनि सामाजिक सञ्जालको प्रयोग गरिरहनुभएको छ । “सरकारले जारी गरेको लकडाउनको पालना गर्न खेलाडीलाई सचेत गराउँदै आएको छु, यो हाम्रै लागि हो”, उनले भने, “खेलाडीले व्यायाम गर्न भने छाड्नुहुन्न, टन्न खाएर सुते बर्बाद हुन्छ भनेर सम्झाउने गरेको छु ।” विगतमा आफैँले खेलेका खेल तथा विश्वका उत्कृष्ट क्रिकेट खेलाडीको खेल प्रदर्शन पाएसम्म युट्युबमा खोजीखोजी हेर्न प्रशिक्षक टमाटाले खेलाडीलाई सल्लाह दिँदै आएका छन् ।
फुटबल प्रशिक्षक रवीन्द्र श्रेष्ठ बाँकेको नेपालगञ्जमा घरमै व्यायाम गरिरहनुभएको छ । चाहे कोठामा होस् वा आँगनमा उनी व्यायाम गर्न भने छाड्नुहुन्न । “जुनसुकै परिस्थितिमा पनि प्रशिक्षण र व्यायाम जारी राख्नुपर्छ”, उनले सुझाव दिनुभयो, “मैले आफ्ना खेलाडीलाई फोन गरेरै पनि सल्लाह दिँदै आएको छु, यसो नगरे पछि हामीलाई खेलमा फर्कन गाह्रो हुन्छ ।” श्रेष्ठले पनि अहिले सामाजिक सञ्जालको अत्यधिकरूपमा प्रयोग गर्ने गरेको बताए ।
कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाट यतिबेला कञ्चनपुरमा खेतीपातीमा व्यस्त हुन्। उनलाई खेलाडीको फोन तारन्तार आइरहन्छ । “गहुँ काट्दै थन्क्याउँदै पनि भ्याएसम्म खेलाडीलाई फोनमै सम्झाइबुझाइ गर्ने गरेको छु”, उनले भने । उनी नियमितरूपमा व्यायाम गर्नुहुन्छ । खेलाडीलाई पनि पछि आउन सक्ने समस्याबारे सचेत गराउँदै आएका छन् । “खेलाडी खाएर सुत्न हुन्न, घरकै काममा सघाएर पनि शरीर तन्दुरुस्त राख्नुपर्छ”, मुख्य प्रशिक्षक भाटको खेलाडीलाई सुझाव छ ।
कराँते प्रशिक्षक विमल खडायत लकडाउनको बेला घरको छतमै भए पनि नियमित प्रशिक्षण गर्न खेलाडीलाई सल्लाह दिन्छन्। “यति बेला फुर्सदिलो भएर ढुक्कसित बस्ने होइन,” उनले भने, “जसरी भए पनि खेलाडीले व्यायाम गर्नैपर्छ ।”
हाल झापाको विर्तामोडस्थित घरमा रहनुभएका कराँतेका मुख्य प्रशिक्षक मदन उप्रेती बिहान बेलुका नियमितरूपमा अभ्यास गर्न गराउन आफू मातहतका प्रशिक्षक र खेलाडीलाई सल्लाह दिँदै आएका छन् । “खानमा जोड दिने होइन, व्यायाममा ध्यान दिनुपर्छ”, उनले भने, “दिनमा सकभर नसुुत्न भनेको छु, युट्युबमा कराँतेका ‘टेकनिक’ हेर्न सल्लाह दिने गरेको छु ।”
दार्चुलामा कार्यरत कराँते प्रशिक्षक ओमकार गिरी लकडाउन खुलेपछि जिल्लास्तरीय र राष्ट्रपति रनिङ शिल्ड हुने भएकाले खेलाडीलाई तयार भएर बस्न सल्लाह दिइरहेको बताउँछन्। “घरभित्रै अभ्यास गर्न फोनमा र सामाजिक सञ्जालमार्फत सुझाव दिइरहेको छु”, उनले भने । कराँते प्रशिक्षक विमल खडायत लकडाउनको बेला घरको छतमै भए पनि नियमित प्रशिक्षण गर्न खेलाडीलाई सल्लाह दिन्छन्। “यति बेला फुर्सदिलो भएर ढुक्कसित बस्ने होइन,” उनले भने, “जसरी भए पनि खेलाडीले व्यायाम गर्नैपर्छ ।” विक्रम गिरी,रासस
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...