×

NMB BANK
NIC ASIA

युवापुस्ता पछिल्ला १०–१२ वर्षयता अध्ययनका लागि विदेश जाने लहर चलिरहेको छ । अध्ययनका लागि भनेर युरोपियन मुलुक गएर २–४ वर्ष अध्ययन गर्ने र त्यसपछि ‘स्टुडेन्ट’ भिसालाई ‘वर्किङ’मा बदलेर उतै काम गरेर रमाएको देखिन्छ ।

Sagarmatha Cement
Muktinath Bank

अन्य युवा जस्तै पाल्पाको तानसेन नगरपालिका–७ बाँसटारीका सागर पौड्याललाई पनि विदेश जाने बतासले छोयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०६५ सालमा जिल्लाकै मिलिनियम कलेजबाट विज्ञान संकायमा उच्च मावि उत्तीर्ण गरी स्नातक तह अध्ययन गर्न साइप्रस हानिए उनी । त्यहाँ उनले होटल म्यानेजमेन्टमा स्नातक तहको अध्ययन पूरा गरे ।


Advertisment
Nabil box
Kumari

पढाइसँगै उनले विभिन्न थ्री स्टारदेखि फाइभ स्टारसम्मका होटलमा कूकको काम गरी आफ्नो सीपमा निखारे । साइप्रसमा चितवनकी जया बराल पनि अध्ययन गर्थिन् । सागर र जया एउटै कलेजमा पढ्थे । जयाले पनि अध्ययनसँगै काम पनि गर्थिन् । उनीहरू एकआपसमा नजिकिए ।

Vianet communication
Laxmi Bank

पढाइ पनि सँगै पूरा गरे । २०७० सालमा नेपाल आए । दुवैले एकअर्कालाई मन पराउँथे अनि उनीहरू विवाह बन्धनमा बाँधिए । 

विवाहपछि पनि दुवै अस्ट्रेलिया जाने सोच नबनेको होइन । दुवै जाँदा ३२–३५ लाख रुपैयाँसम्म खर्च लाग्ने । ठूलो रकम खर्च गरेर विदेश जानुभन्दा आफूले अध्ययन गरेको शिक्षा र विदेशमा आर्जन गरेको सीपले मुलुकमै केही गर्नुपर्छ भन्ने अन्तिम निचोडमा पुग्यो सागर–जया जोडी ।

त्यसपछि उनीहरूले २०७१ सालमा बुटवल झरेर ‘लाइम एण्ड लेमन लउन्ज क्याफे’ सञ्चालनमा ल्याए । आफूले सिकेको सीपबाट नयाँ र फरक स्वाद ग्राहकसामु पस्के । छोटो समयमै क्याफे ग्राहकको रोजाइमा पर्‍यो ।

आईपीएल क्रिकेट होस् वा विश्वकप फूटबल । उनले क्याफेमा ठूला खेलकुद प्रतियोगिता ठूलो पर्दामा खेलहरू देखाए । ग्राहक उनको क्याफेमा नयाँ स्वाद लिँदै ठूलो पर्दामा खेल हेरेर आनन्द पनि लिन थाले । लाइम एण्ड लेमनले राम्रो बजार लिएपछि २ वर्षपछि २०७४ सालमा सोही होटलको अगाडि बुटवल–९ कालिकानगरमै सागर–जया जोडीले रिफ्रेस क्याफे सञ्चालनमा ल्यायो । रिफ्रेस क्याफे पनि ग्राहकको रोजाइमा पर्‍यो ।

सागर भन्छन्, ‘विश्व बजारमा चलेका परिकारहरू मैले ग्राहकसामु पस्के । क्याफेको डेकोरेसन पनि त्यहीँ अनुसार सजाए । युवापुस्ता रेस्टुरेन्टमा कस्तो स्वाद चाख्न आउँछन्, त्यो मैले ख्याल गरेपछि छोटो समयमै ग्राहकको रोजाइमा दुवै क्याफे परे ।’

बुटवलका २ क्याफे सफल भएपछि सागरले एउटा शाखा चितवनमा पनि सञ्चालनमा ल्याउने आँट गरे । २०७५ सालमा लाइम एण्ड लेमन लाउन्ज एण्ड क्याफे भरतपुर–१० मा खोले । सो क्षेत्रमा नयाँ अवधारणाका साथ सञ्चालन भएपछि ग्राहकको भीड लाग्दै आएको छ ।

गत वर्ष बुटवलकै गोलपार्कमा ‘द ल्याबिज लाउन्ज एण्ड बार’ पनि सञ्चालनमा ल्याएका छन् उनले । सागरको क्याफे सञ्चालन क्षमता र कला देखेपछि उनीसँगै लगानी गर्न हस्पिटालिटी अध्ययन गरेका अमृत गुरुङ र गोबिन्द देवकोटा सामेल भए । सागरको जोडी, देवकोटा र गुरुङ आवद्ध भएर रिफ्रेस क्याफे र गोलपार्कको द ल्याविज संयुक्त लगानी गरेर चलाएका छन् । चितवनको लाउन्ज एण्ड क्याफे पनि सागरसँग सहकार्यमै चलेको छ ।

सागरले भने, ‘लाइम एण्ड लेमन लउन्ज क्याफे मेरो एकल लगानी छ । अन्य ३ वटा संयुक्त लगानीमा चलाएका छौं । सबै राम्रो चलेका छन् । ४ वटा क्याफेमा गरी झण्डै ९ करोड रुपैयाँ लगानी भएको छ ।’ 

सागरको मात्रै लगानी २ करोड ५० लाख पुगेको छ । ३१ वर्षीया युवा पौड्याल ६ वर्षमा बुटवल र चितवनका गरी ४ वटा क्याफेका मालिक बन्न सफल भएका छन् । उनी भन्छन्, ‘२ जना साथीहरू पनि विदेशमा अध्ययन गरेर आउनुभएका हुनुहुन्छ । उहाँहरू पनि सँगै पाटरशीप बन्नुभएको छ । लाइम एण्ड लेमन ग्रूप अफ हस्पिटालिटीमार्फत क्याफेहरू सञ्चालन गरेका छौं । लकडाउनभन्दा अगाडि त राम्रो थियो । अबको अवस्था के आउने हो भन्न सक्ने अवस्था छैन ।’

बाहिरबाट हेर्दा होटलमा राम्रो कमाइ हुने देखिए पनि सबै खर्च कटाउँदा बचत कम हुने सागर बताउँछन् । क्याफे राम्रो चलेको अवस्थामा सम्पूर्ण खर्च कटाएर वार्षिक ३५–४० लाख रुपैयाँ बचत गर्न सकिने उनले बताए । 

अहिले बर्थ डे होस् वा भेटघाटका लागि अधिकांशले होटल र क्याफे नै रोज्छन् । मानिसहरू जमघट हुने ठाउँ होटल बनेको छ । कुनै पनि व्यवसायमा सफल हुन ३ कुरा भुल्न नहुने सागरको बुझाइ छ । ‘सफल बन्न शुरूमा सपना देख्नुपर्‍यो । मेहनत गर्नुपर्‍यो अनि स्मार्ट वल्र्डलाई आत्मसाथ गर्दै अगाडि बढेमा सफल भइन्छ,’ सागरले भने । 

ग्राहकलाई दिने परिकारको स्वाद र गुणस्तरमा सधै ध्यान दिनुपर्ने सागरको ठम्याइ छ । सागरले आफ्ना नियमित ग्राहकलाई क्याफेमा छुटको व्यवस्था समेत गरेका छन् । उनले आफ्ना १५ हजारभन्दा बढी नियमित ग्राहकको नाम र मोबाइल नम्बर समेत सुरक्षित राखेका छन् । लाइम एण्ड लेमन लउन्ज क्याफे जयाले हेर्छिन् भने सबै क्याफेको समग्र व्यवस्थापन सागरले हेर्दै आएका छन् ।

सागर र उनको टीमले १३५ जनालाई रोजगारी दिएको छ । सागर भन्छन्, ‘राम्रो वातावरण खोज्नेको रोजाइमा क्याफे पर्ने गरेका छन् । गूड टेस्ट पनि हुन आवश्यक पर्छ ।’ लकडाउनले सागरका सबै क्याफे विगत साढे २ महिनादेखि ठप्प छन् । होटल रेस्टुरेन्ट त लकडाउन हुनुभन्दा ७–१० दिन अघिदेखि नै सुनसान भइसकेका थिए । अब कोरोनापछिको अवस्थामा होटल रेस्टुरेन्टका क्षेत्रमा कस्तो संकट आउने हो ? यसप्रति सागर दम्पती चिन्तित छ ।

पछिल्ला केही दिनयता लाइम एण्ड लेमनले बुटवलमा अर्डर अनुसार खानाका परिकार घरघरमा पुर्‍याउन थालेको छ । लामो समयदेखि घरबाहिर निस्कन नपाएकाहरूलाई अनलाइनमार्फत माग गरे घरमै विभिन्न परिकार पुग्छ । त्यसको लागि ‘डिजिटल पेमेन्ट’ र ‘क्यास पेमेन्ट’ दुवै गर्न सकिने व्यवस्था छ । बुटवल बजार क्षेत्रमा ठेगाना समेत पत्ता लगाएर कोरोनाबाट सुरक्षित पीपीई लगाएका वेटरले घरमै खाजा पुर्‍याउँछन् ।

कोरोनाले नेपालको सबै क्षेत्र धरासायी बनेको छ । त्यसमा पनि अझै पर्यटन क्षेत्र नराम्रोसँग थला परेको छ । मध्यम वर्गीय व्यवसायलाई उकास्ने आधार सरकारले ल्याउनुपर्ने सागरको भनाइ छ । उनी युवाहरूलाई व्यवसायमा टिकाउनको लागि सस्तो व्याजदरमा ऋण, विना धितो ऋण दिने योजनाहरू पनि ल्याउनुपर्ने बताउँछन् । उनका २ क्याफे रहेको क्षेत्र पछिल्लो समय बुटवल पश्चिम कालिकानगरको बाटो होटल हबको रुपमा विकास भएको छ । सडक अहिले विस्तार गरेर ६ लेनको बनाइँदैछ । यहीँ सडकमा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले लगातार २ वर्ष फूड फेस्टेबल समेत आयोजना गरिसकेको छ ।

पछिल्ला ४ वर्षयता रुपन्देहीमा होटल, रेस्टुरेन्ट र क्याफेको बाढी नै आएको छ । यहाँ अर्बाैंको लगानीमा फाइभ स्टार होटलदेखि ५ करोड लगानीसम्म गरी क्याफेहरू सञ्चालनमा आएका छन् । ५ नम्बर प्रदेशको अस्थायी राजधानी रुपन्देही तोकिएसँगै बुटवलमा पर्यटन क्षेत्रको लगानी ओइरिएको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटकको चाप बढ्ने अपेक्षा छ । होटल म्यानेजमेन्ट अध्ययन गरेका युवाले पछिल्लो समय होटल क्षेत्रमा लगानी गर्न रुचि देखाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x