×

NMB BANK
NIC ASIA

भारत र चीनबीच लद्दाखमा चलिरहेको सीमाविवाद हिंस्रक भिडन्तमा परिणत भएपछि युद्ध चर्किने आशंका गरिएको छ तर परिस्थितिलाई मत्थर पार्न वार्ता पनि भइरहेका छन् । दुई देशबीच सैन्य स्तरमा वार्ता चलिरहेको छ भने रुसले समेत यी दुई देशबीच कुराकानीका लागि पहल गरिरहेको छ ।

Muktinath Bank

त्यसो त भारतसँग वार्ता गर्नुको विकल्प छैन किनकि भारतीय सैन्यबल र हातहतियार चीनको तुलनामा निकै कमजोर छ । गलवानमा भएको भिडन्तमा भारतका २० सैनिक मारिए । चीनतर्फ भने कुनै हताहती नभएको र पाँचजना सैनिक घाइते भएको बताइएको छ यद्यपि त्यो आधिकारिक विवरण चाहिँ हैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसो त यी दुई देशबीच भएका सीमासम्बन्धी विभिन्न सम्झौताअनुसार वास्तविक नियन्त्रण रेखाको दुई किलोमिटर क्षेत्रमा गोली चलाउन निषेध गरिएको छ । त्यसैले लद्दाख भिडन्तमा चिनियाँहरूले कीला खोपिएको मुंग्रो र काँडेतार बेरिएको लट्ठी लगायतका घरेलु हतियार उपयोग गरेर भारतीय सैनिकहरूलाई मारेको पाइयो ।


Advertisment
Nabil box
Kumari

अनि घाइते भएका भारतीय सैनिकहरूलाई समयमा उद्धार गर्न नसकिएका कारण चिसोले कठ्यांग्रिएर मृत्यु भएको थियो । अर्थात्, उच्च हिमाली क्षेत्रको विषम परिस्थितिमा लड्न भारतीय सैनिकहरू तयार नरहेको पाइयो ।

Vianet communication
Laxmi Bank

हुन त त्यसभन्दा अग्लो ठाउँमा रहेको सियाचेन ग्लासियरमा भारतीय सैनिकहरू खटिएका छन् तर त्यहाँ युद्धको अनुभव हासिल गर्न पाएका छैनन् । त्यसो त कठ्यांग्रिदो वातावरणका कारण सियाचेन सन् १९८४ र २०१५ का बीचमा ८६९ जना भारतीय सैनिकले ज्यान गुमाएको भारतको रक्षा मन्त्रालयले जनाएको छ ।

अहिले भिडन्त भएको स्थानबाट भागेर बाटो बिराएका १० जना भारतीय सैनिकहरूलाई चिनियाँहरूले नै उद्धार गरेर भारतीय शिविरसम्म पुर्‍याएको खबर पनि आएको छ । यस्ता किसिमका कार्यले तनाव मत्थर पार्नमा योगदान गर्छन् अनि दुवै देशका शीर्ष नेताहरूले वार्तामै जोड दिइरहेका पनि छन् । त्यसैले युद्ध नचर्कने आशा गर्न सकिन्छ ।

तर भविष्यमा यी दुई देशबीच युद्ध हुनसक्ने सम्भावनालाई खारेज गर्न मिल्दैन । यी दुवै आणविक शक्तिसम्पन्न राष्ट्र हुन् ।

भारतसँग १५० वटा वारहेड छन् । वारहेड भनेको विस्फोटक पदार्थ अर्थात् आणविक बम हो जसलाई क्षेप्यास्त्र वा रकेटमार्फत शत्रुको भूमिमा विस्फोट गराइन्छ ।

चीनसँग चाहिँ यस्ता वारहेड ३२० वटा छन् अर्थात् भारतको भन्दा दोब्बर बढी छ । फेरि चीनका वारहेडहरू शत्रुदेशका प्रमुख शहरमा अत्यधिक क्षति हुने गरी विस्फोट गराउने क्षमता राख्छन् ।

त्यसभन्दा पनि महत्त्वपूर्ण तथ्य चाहिँ चीनलाई भारतका कुन–कुन सैन्यअड्डामा आणविक हतियार राखिएको छ भन्ने थाहा छ । त्यसैले भारतले क्षेप्यास्त्र प्रहार गर्नुअघि नै चीनले ती अड्डामाथि आक्रमण गरिदिन सक्छ । सैन्य भाषामा यसलाई प्रिएम्पटिभ फर्स्ट स्ट्राइक भनिन्छ ।

भारतका वारहेडहरू प्रहार गरिएर आकाशमा पुगे भने पनि चीनको एयर डिफेन्सले तिनलाई बीच बाटोमै आकाशबाट खसाइदिन सक्छ, अर्थात् चीनको क्षेप्यास्त्र प्रतिरोध प्रणाली पनि चुस्त छ ।

भारतले आफ्नो यही कमजोरीलाई अनुभव गरेर रुससँग सन् २०१८ मा एस४०० नामक क्षेप्यास्त्रप्रतिरोधी प्रणाली किन्नका लागि सम्झौता गरेको छ

यस प्रणाली जडान गरिएको ठाउँबाट ४०० किलोमिटरको दूरीसम्म आएका जुनसुकै क्षेप्यास्त्रलाई पनि आकाशमै विस्फोट गरेर खसाउन सकिन्छ ।

तर यो प्रणाली एकैपटक सांगोपांग डेलिभर गर्न मिल्दैन र पाँच किस्तामा गरी सबै पाटपुर्जा डेलिभर हुन सन् २०२५ सम्म लाग्छ । त्यस अवधिसम्म भारतले आफैं क्षेप्यास्त्र प्रहार गर्ने हिम्मत गर्न सक्दैन किनकि शत्रुदेशबाट जवाफी कारवाहीमा प्रहार हुने क्षेप्यास्त्रबाट ऊ सुरक्षित रहँदैन ।

त्यसो त भारतबाट हुन सक्ने आक्रमणको आकलन गर्दै चीनले पनि एस४०० क्षेप्यास्त्र प्रतिरोध प्रणाली रुससँग किनिसकेको छ ।

अमेरिकाले शुरू गरेको मिसाइल टेक्नोलोजी कन्ट्रोल रेजिम भन्ने समूहमा रहेका मुलुकहरूले मात्र एकअर्कालाई एस४०० प्रणाली बेच्न पाउने बाध्यता छ ।

चीन उक्त समूहको सदस्य हैन तैपनि उसले रुससँग त्यसको खरिद गरिसकेको छ । अर्थात्, उसलाई एस४०० को नालीबेली सबै थाहा छ ।

हतियारविद्हरूका अनुसार, एस४०० लाई झुक्याउन सकिन्छ र यो अमेरिकाले दक्षिण कोरियामा राखेको थाड प्रणाली जस्तो भरपर्दो पनि छैन । त्यसैले एस४०० किने पनि भारतलाई त्यसले खासै फाइदा दिने संकेत पाइँदैन ।

अनि युद्धमा प्रतिरक्षा बलियो मात्र भएर पुग्दैन, आक्रमण त्यसभन्दा बलियो हुनुपर्छ । हतियार प्रक्षेपणको सवालमा चीनसँग भारतको भन्दा बढी विकल्प छन् । उसका बमवर्षक विमान र पनडुब्बीहरू भारतको भन्दा बढी संख्यामा र अत्याधुनिक छन् ।

चीनसँग ७५ वटा अन्तरमहादेशीय क्षेप्यास्त्रहरू सिलोमा छन् । सिलो भन्नाले सिलिन्डरको आकारमा रहेको भूमिगत संरचना हो जसमा अन्तरमहादेशीय क्षेप्यास्त्र राखिएका हुन्छन् ।

चीनले दुई महिनाअघि इन्नर मंगोलियामा राखिएका यी क्षेप्यास्त्रहरूको तस्वीर चुहाएको थियो र पछि तिनलाई लुकाएको थियो । भारत र अमेरिकालाई तर्साउनका लागि उसले त्यसो गरेको विश्लेषकहरू बताउँछन् ।

चीनसँग रहेको डीएफ–४१ नामक अन्तरमहादेशीय क्षेप्यास्त्रको दायरा १२ हजारदेखि १५ हजार किलोमिटर छ । चिनियाँ भूमिबाट प्रहार गरेको उक्त क्षेप्यास्त्र अमेरिकासम्म पनि पुग्न सक्छ ।

त्यसमा १० वटा बेग्लाबेग्लै आणविक वारहेडहरू राख्न मिल्छ । त्यसले पुर्‍याउने क्षति अकल्पनीय हुन्छ ।

त्यसो त भारतसँग ६० वटा अन्तरमहादेशीय क्षेप्यास्त्र छन् । उससँग चिनियाँ मुख्यभूमिमा पुग्न सक्ने अन्तरमहादेशीय क्षेप्यास्त्र अग्नि–४ र अग्नि–५ पनि छन् ।

उसले दुई वर्षअघि परीक्षण गरेको अग्नि–५ को दायरा पाँच हजार किलोमिटर छ र त्यसमा एक टनभन्दा भारी एउटा आणविक वारहेड राख्न मिल्छ ।

त्यससँग चीनको मुख्यभूमिसम्म पुग्ने क्षमता भए पनि चीनको मिसाइल इन्टरसेप्सन प्रणालीले त्यसलाई आकाशमै विस्फोट गराइदिन सक्छ ।

यसरी हेर्दा चीनसँग भारतको कुनै पनि भागमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमता छ अनि भारतसँग प्रभावकारी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली छैन ।

भारतलाई अर्को अप्ठ्यारो भनेको चीनको सर्वकालीन मित्र पाकिस्तानसँग पनि आणविक हतियार छ । यस कमजोरीका कारण भारतले आफ्नो क्षेप्यास्त्र राखिएको अड्डालाई चीन र पाकिस्तानले आक्रमण गर्नुअघि नै क्षेप्यास्त्र प्रहार गर्नुपर्ने हुन्छ अनि त्यसो गरियो भने चीनले भयंकर प्रतिकार गर्छ ।

युद्धको यस्तो परिस्थिति निर्माण भयो भने चीन र भारतको बीचमा रहेको नेपाललाई पनि नकारात्मक असर पर्नु स्वाभाविक छ । विशेषगरी भारतको उत्तरपूर्वमा रहेको असममा १० वटा अग्नि–तेस्रो क्षेप्यास्त्रहरू राखिएका छन् । अनि त्यहीँ नै आठवटा अग्नि–दोस्रो क्षेप्यास्त्र पनि छन् ।

चिकेन्स नेक कोरिडोरको संवेदनशीलतालाई बुझेर नै अनि चीनबाट हुनसक्ने सम्भावित खतरालाई मद्देनजर गरेर नै भारतले त्यसनजिकै यी क्षेप्यास्त्रहरू राखेको हो ।

अनि युद्धको स्थितिमा ती क्षेप्यास्त्रहरू चीनको कुन ठाउँलाई लक्षित गरी प्रहार गरिने हुन् थाहा हुँदैन र ती नेपालको आकाश भएर उडाइन पनि सक्छन् ।

मानौं युद्ध भएछ भने भारतले ती क्षेप्यास्त्र प्रहार गर्दा अनि चीनले तिनलाई रोक्न खोज्दा तिनीहरू नेपालको आकाशमा विस्फोट हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न । त्यस्तो स्थिति आएमा नेपालका विभिन्न भागमा अकल्पनीय क्षति पुग्न सक्छ ।

त्यसैले आणविक शक्तिसम्पन्न दुई मुलुकबीच युद्ध नहोस् भन्ने कामना नेपालले गर्नुबाहेक अन्य विकल्प छैन । त्यसो त भारत अहिलेको अवस्थामा चीनभन्दा कमजोर स्थितिमा रहेकाले युद्धका लागि उद्दत् देखिँदैन तर भविष्यमा उसले अत्याधुनिक हतियार प्राप्त गरेमा उसको आत्मविश्वास बढेर युद्धका लागि तयार हुन सक्छ । त्यस युद्धले हिमालय क्षेत्रको भूराजनीतिमा आमूल परिवर्तन ल्याइदिन सक्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x