×

NMB BANK
NIC ASIA

चीनसँग तनाव चल्दै गर्दा अस्ट्रेलियाले लिएको सैन्य फैसलाको के अर्थ निकाल्ने ?

असार १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अस्ट्रेलियाले हिन्द प्रशान्त क्षेत्रमा अमेरिका र चीनबीच बढिरहेको तनावका बीच सैन्य खर्च बढाउने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगामी १० वर्षमा सेनाको बजेट २७० अर्ब अस्ट्रेलियन डलर खर्च गर्ने बताएका छन् । यो अघिल्लो वर्षको भन्दा ४० प्रतिशत बढी हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वको प्रमुख प्रतिद्वन्द्विता नै यस क्षेत्रमा भएकाले सैन्य खर्च बढाउनुपरेको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

मोरिसनले तनावका अनेकौं क्षेत्रको उल्लेख गरे । दक्षिण चीन सागर, पूर्वी चीन सागर र भारत–चीन सीमा तनावको नाम उनले लिए । 

Vianet communication
Laxmi Bank

विगत कैयौं दशकमा पहिलोपटक चीन र अस्ट्रेलियाको सम्बन्ध निकै बिग्रेको छ । 

केही दिनअघि अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले चीनबाट भारत र दक्षिणपूर्वी एसियामा खतरा बढिरहेकाले युरोपबाट सेना घटाएर त्यता तैनाथ गर्ने फैसला लिइएको बताएका थिए । 

नयाँ रक्षा बजेट कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत हुनेछ । सन् २०१६ मा बनाइएको नयाँ रणनीतिको स्थान यसले लिनेछ । 

हतियार तथा उपकरणमा सुधारका लागि यी खर्चहरू गरिने मोरिसनको भनाइ छ । 

अस्ट्रेलियाले अमेरिकी जलसेनासँग लामो दूरीको २०० वटा एन्टीएयरक्राफ्ट मिसाइल किन्नेछ । त्यो ३७० किलोमिटर परसम्म पुग्न सक्छ । अनि हाइपरसोनिक सिस्टम मिसाइल विकसित गर्नका लागि पनि अस्ट्रेलियाले लगानी गर्नेछ । यी क्षेप्यास्त्रहरू हजारौं किलोमिटर पर पुग्न सक्छन् । 

साइबर वारफेयरका लागि अस्ट्रेलियाले १५ अर्ब अस्ट्रेलियन डलर खर्च गर्नेछ । अघिल्लो महिना मोरिसनले अस्ट्रेलियाली संस्थान र व्यापारिक प्रतिष्ठानमा साइबर आक्रमणमाथि साइबर आक्रमणको खतरा रहेको बताएका थिए । उनको इशारा चीनतर्फ थियो । 

अस्ट्रेलियाले आफ्नो अनि यस क्षेत्रका अन्य देशका लोकतान्त्रिक मूल्यलाई पूर्ण शक्तिका साथ प्रतिरक्षा गर्ने बताए । सैनिक क्षमता बढाउँदा युद्ध रोक्न पनि सहायता पुग्ने उनले बताए । 

हालैका दिनमा चीन र अस्ट्रेलियाबीचको सम्बन्धमा तिक्तता आएको छ । कोरोनाभाइरसको उत्पत्ति चीनमा भएको विषयमा अनुसन्धान गर्न अस्ट्रेलियाले माग राखेपछि दुई देशको सम्बन्ध बिग्रिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x