पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
भारतीय सेनाले लामो समयदेखि दुई छिमेकी चीन र पाकिस्तानसँग फरक मोर्चामा युद्ध हुनसक्ने बताउँदै आएको थियो । राजनीतिकर्मीहरूलाई रक्षामा खर्च गराउनका लागि उसले यसो भन्ने गरेको थियो ।
अहिले आएर चाहिँ त्यो परिदृश्य यथार्थ बन्दै गएको देखिन्छ किनकि दुवै छिमेकीसँगको विवादित सीमामा तनावको स्थिति छ ।
लद्दाखमा चिनियाँ र भारतीय सैन्य कमान्डरबीचको वार्तामा खासै निष्कर्ष निस्केन । जुन १५ मा २० जना भारतीय अनि संख्या नखुलेका चिनियाँ सैनिकको मृत्यु हुने गरी भएको हिंस्रक भिडन्तपछि अनेकौं वार्ता भएका छन् ।
गलवान भिडन्त हुँदै गर्दा त्यहाँबाट लगभग ६६० किलोमिटर पर दक्षिण कश्मीरमा हतियार र विस्फोटक पदार्थहरू बरामद भए र दुई आतंकवादीहरू मारिए ।
भारतले सन् १९४७ मा बेलायती साम्राज्यबाट मुक्त भएदेखि चीन र पाकिस्तानसँग गरी चारवटा युद्ध लडिसकेको छ । तर उसले कहिले पनि एकैपटक दुईतर्फको सीमा प्रतिरक्षा गर्नुपरेको थिएन ।
कोरोनाभाइरस संक्रमण ह्वात्तै बढिरहेको बेलामा चीन र पाकिस्तानले नयाँ दिल्लीविरुद्ध सैन्य कारवाही चलाउन सक्ने चिन्ता भारतीय सेनाले लिएको छ ।
‘नयाँ दिल्ली अहिले चरम दबाबमा छ चाहे त्यो कोभिड–१९ का कारण होस् चाहे कश्मीरको नियन्त्रण रेखा वा चीनबाट होस्,’ अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक इयन हलले बताए ।
‘विगत केही वर्षयता इस्लामाबाद र बेइजिङसँगको सम्बन्ध थप बिग्रिएको छ । परिणामस्वरूप, मोदी सरकारको ध्यान अर्कैतिर रहेको बेलामा दुवैले महाव्याधिका बेलामा तनाव चर्काएका छन् ।’
भारतीय सेना विशाल छ र भैपरी आउने परिस्थितिलाई पनि उसले विचार गरिरहेको छ, भारतका एक वरिष्ठ सुरक्षा अधिकारीले नाम नखुलाउने शर्तमा बताए । तर योजना बनाएको भए पनि सैन्य स्रोतलाई दुईवटा मोर्चामा एकैपटक तैनाथ गर्दा सशस्त्र बलहरूमा बढी दबाब पर्छ ।
भारतका सेनाप्रमुखले यस्तो स्थितिका बारेमा चेतावनी दिएका छन् अनि सरकारलाई तथा कूटनीतिक वृत्तलाई यो रोक्नका लागि तयारी गर्न भनेका छन् ।
भारतीय सेनाले थप कूटनीतिक तथा सैन्य स्तरका वार्ताहरूको योजना बनेको बुधवार जनाएको छ । बेइजिङमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सैन्य तथा कूटनीतिक च्यानलमार्फत निकट संवाद कायम राख्ने र सीमामा परिस्थिति सहज बनाउने आशा चीनले लिएको बताए ।
चीनसँग तनाव चलिरहँदा भारत र पाकिस्तानबीच ७४२ किलोमिटर नियन्त्रण रेखा पनि उत्तिकै सक्रिय र तनावग्रस्त भएको छ । भारतीय सैनिकहरूले सीमापारिबाट हुने गोलाबारीको सामना गर्नुपरेको छ अनि प्रतिआतंकवादी कारवाहीमा पनि भाग लिनुपरेको छ ।
गर्मी महिनामा पाकिस्तान सीमामा हुने प्रतिआतंकवादी कारवाहीलाई मजबूती दिनका लागि थप सेना कश्मीर पठाइने गरेको भए पनि अहिले तिनलाई चीन सीमामा तैनाथ गर्नुपरेको छ ।
पाकिस्तान र चीनबीचको साँठगाँठ भएर पश्चिमी र उत्तरी सीमा एकैपटक तनावग्रस्त बनाउने योजना बनेको कुरालाई प्रमाणित गर्न त सकिँदैन तर त्यसलाई पूरै खारेज गर्न चाहिँ मिल्दैन, विपिन नारंगले भने । उनी अमेरिकाको एमआईटीमा राजनीतिशास्त्रीका सहप्राध्यापक हुन् र न्युक्लीयर स्ट्राटेजी इन द मोडर्न एरा : रिजनल पावर्स यान्ड इन्टरनेसनल कन्फ्लिक्टका लेखक पनि हुन् ।
‘पाकिस्तानले आफ्नो शक्तिका बारेमा जनतालाई देखाउनुपर्ने बेला आएको र भारतले पोहोर साल संवैधानिक हैसियत परिवर्तन गरेको जम्मु कश्मीरका विषयमा भारतलाई पनि देखाइदिने बेला भएको सोचेको हुन सक्छ जस्तो लाग्छ, उनले भने । इस्लामाबादले भारतको ध्यान अहिले अन्तै लागिरहेको बेलामा त्यसबाट फाइदा उठाउन सकिन्छ भन्ने अवसरवादी सोच राखेको पनि हुन सक्छ ।
चीनसँगको भिडन्त भारतका लागि बेइज्जतीको कुरा भएको महमुद दुर्रानीले बताए । उनी सेवानिवृत्त लेफ्टनेन्ट जनरल हुन् र पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार रहिसकेका छन् । ‘त्यसको परिणाम के हुन सक्छ भने आफ्नो शक्ति प्रदर्शन गर्नका लागि उनीहरूले चीनको कनिष्ठ साझेदार पाकिस्तानलाई केही गर्न सक्छन् । आफूहरू अझै बलियो रहेको जनतालाई देखाउन उनीहरू कुनै किसिमको कदम चाल्न सक्छन् ।
दुर्रानीले चीन तथा पाकिस्तानबीच संयुक्त रणनीतिक कदमको सम्भावना रहेको बताए ।
परिस्थिति जस्तोसुकै बने पनि दुवै सीमामा भारतका लागि निकै तनावपूर्ण र रक्तरञ्जित ग्रीष्मको सम्भावना देखिन्छ, नारंगले भने ।
ब्लूमबर्गबाट
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...