कात्तिक २४, २०८०
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
एकाबिहानै उठेर ॐ उच्चारण गर्ने व्यक्तिलाई आनन्दको अनुभव हुन्छ । ॐकारको उच्चारणले स्वास्थ्यलाई पनि धेरै फाइदा पु–याउँछ ।
ॐका फाइदाहरूको चर्चा गर्नुअघि यसमा निहित वर्णहरूको कुरा गरौं । ॐ तीन वर्णबाट बनेको छ र तीनैको आआफ्नै अर्थ छ । अ को अर्थ उत्पन्न हुनु, उ को अर्थ उठ्नु वा विकास र म को अर्थ मौन अर्थात् ब्रह्मलीन हुनु हो । त्यसैले ॐ आफैंमा सम्पूर्ण ब्रह्माण्डको उत्पत्ति र सृष्टिको द्योतक हो ।
ॐको उच्चारण गर्ने आफ्नै तरिका छ । तपाईं ॐ को उच्चारण अलग अलग योग अवस्थामा गर्न सक्नुहुन्छ :
पद्मासन, अर्धपद्मासन, सुखासन र वज्रासन । मालाको प्रयोग गरेर पनि तपाईं ॐ को उच्चारण गर्न सक्नुहुन्छ ।
ॐ को उच्चारण गर्दा गलामा कम्पन उत्पन्न हुन्छ जसका कारण मेरुदण्डको हाड प्रभावित हुन्छ । दिनभरि काम गर्ने क्षमता यसबाट बढ्छ अनि तपाईं सक्रिय हुनुहुन्छ ।
ॐ उच्चारण गर्दै प्राणायाम गर्दा कमजोर फोक्सो पनि बलियो हुन्छ । दमको रोगीले ॐ जप गर्दा फाइदा पुग्छ ।
निद्रा नलाग्ने समस्या भएका मानिसले ॐ जपेको राम्रो हुन्छ ।
ॐ को उच्चारणले तपाईंको शरीरलाई थकाइ लाग्दैन र स्फुर्ति उत्पन्न हुन्छ । शरीर ऊर्जाशील भएर व्यक्ति दिनभरि सक्रिय हुन्छ । भिटामिनको चक्की खानुभन्दा ॐ उच्चारण गरेको ठीक ।
ॐ उच्चारण गर्दा शरीरको पाचनक्रिया पनि गजबको हुन्छ । मुटु र रक्तप्रवाहलाई पनि यसले राम्रो गर्छ ।
पैसा कमाउने चक्करमा भागदौड गरिरहेका मानिसलाई अनेकथरी तनाव हुन्छ । ॐ जप गर्दा तनाव कम हुन्छ र सोच्ने शक्ति प्राप्त हुन्छ । मन शान्त भयो भने समस्याको समाधान निकाल्न सहज हुन्छ ।
आजकल थाइरोइडको समस्या विकराल बन्दै गइरहेको छ । यसका लागि औषधि खानुभन्दा बिहानै उठेर ॐ उच्चारण गर्नुस् । गलामा कम्पन भएर थाइरोइड ग्रन्थिमा सकारात्मक प्रभाव पर्छ ।
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...